IME Life New

नबिल इन्भेष्टमेण्ट बैंकिङको इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङले अँग्रेजी नयाँ वष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा संचालनमा ल्याएको छ । यस सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु। २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ। जनवरी २०२२ महिना भरिको लागि मात्र यो सुविधा दिईने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार  Non-Discretionary  प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनलिस्ट तथा गहन विश्लेषण, रिसर्चरको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीका अनुसार व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS