IME Life New

नगद लाभांसलाई डिस्करेज गर्न बैंकहरुको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा पर्याप्त पूँजीकोषका लागि नगद लाभांसलाई डिस्करेज गर्न सुझाव दिएको छ । क्षमता भन्दा कम नगद लाभांस वितरण गरी बैंकिङ क्षेत्रलाई थप बलियो र विश्वसनीय बनाउने बैंकलाई प्रोत्साहन गर्ने नीति ल्याउन सुझाव दिएको हो ।

विभिध क्षेत्रमा कर्जा प्रवाह बढिरहेको तथा यसले समग्र अर्थतन्त्रलाई नै पुनरुत्थान गर्न ठुलो सहयोग पुर्याइरहेकोले लगानीको दायरा फराकिलो बनाउन पूँजी कोष पर्याप्तताका लागि आवस्यक नीति अख्तियार गर्न सुझाव दिएको हो ।

Esewa
Crest

गत वर्षको १० महिनाको तुलनामा यस वर्ष सोही अवधिमा निर्यात ३२५, आयात २२५ तथा सरकारी राजस्व २२५ बृद्वि भएको छ । Capital conservation buffer को प्राबधान तथा कर्जा नोक्सानी व्यवस्थाको कडा नियमका कारण आगामी वर्ष बैंकहरुको लागी सरकारले राखेको आर्थिक बृद्घिको लक्ष्य भेट्न प्रवाह गर्नु पर्ने कर्जाको लागी चाहिने पुँजीकोष व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिएको संघको तर्क छ ।

यस्तो अवस्थालाई व्यवस्थापन गर्न तोकेको न्यूनतम भन्दा बढी जोखिम भार प्रदान गरी वा थप कर्जा नोक्सानी व्यवस्था कायम गरी वा क्षमता भन्दा कम नगद लाभांश वितरण गरी बैंकिङ्ग क्षेत्रलाई थप बलियो तथा विश्वसनीय बनाउने बैंकलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्ने संघको सुझावमा उल्लेख छ । यसका साथै काठमाण्डौंमा शाखा खोल्ने प्राबधानमा लचकता ल्याउन समेत अनुरोध गरिएको छ ।

बैंकहरुको अनुभवले घर कर्जा एकदमै सुरक्षित देखिएकाले सोको जोखिम भार नेपालमा पनि BCBS ले तोके बमोजिम गर्न सुझाव दिइएको छ । Regulatory Retail Portfolio को सीमा सुरु देखि परिवर्तन नभएकाले सो लाई क्रमशः बढाएर ३ वर्ष भित्र BCBS ले तोके बमोजिम पुर्याउन संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS