IME Life New

नगद लाभांश घोषणाले नबिलका लगानीकर्तामा असन्तुष्टि, शेयरभाउमा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको शेयरभाउ आज पहिरो गएको छ। हालसम्मकै कम लाभांश घोषणासँगै नबिल बैंकको शेयरभाउमा भारी गिरावट आएको हो। कमजोर लाभांशकै कारण यो बैंकको शेयरभाउमा आज बिक्रीचाप बढेको छ।

नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापुँजीको ११ प्रतिशत अर्थात प्रतिशेयर ९ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जुन हालसम्मकै कम हो भने बैंकले पछिल्लो ११ आर्थिक वर्षमा लगातार बोनस शेयर र नगद लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०६७/६८ मा बैंकले ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Esewa
Crest

यो समाचार तयार पार्दा (११ः३० बजे)सम्म नबिल बैंकको शेयरभाउ ७.६६ प्रतिशतले ओरालो लागेको छ। योसँगै प्रतिशेयर ४३ रुपैयाँले घटेर ५१८ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS