IME Life New

नगद र बैंकर क्षतिपूर्ति बीमालेखको बीमादर निर्धारणसम्बन्धी के-के छन् प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीले बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन, २०८१ लागू गरिसकेको छ।

बैंक तथा वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी)मा आइपर्न सक्ने जोखिमहरुविरुद्धको रक्षावरण गर्ने बीमासम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले प्रस्ट पारेको छ। बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका लागिमात्र बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न पाउनेछन्।

Esewa
Crest

निर्देशनमार्फत प्राधिकरणले नगद बीमालेख र बैंकर क्षतिपूर्ति बीमालेखको बीमादर निर्धारणसम्बन्धी प्रावधान पनि तोकिएको छ।

नगद बीमालेखको बीमादर निर्धारणसम्बन्धी प्रवाधान

(क) रक्षावरण ‘क’ (काउन्टरमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण) बीमाशुल्कः रु. २ प्रतिहजार,

(ख) रक्षावरण ‘ख’ (सेफ तथा भल्टमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण) बीमाशुल्कः रु. २ प्रतिहजार,

(ग) रक्षावरण ‘ग’ (बीमा अवधिभित्र एकपटकमा गरिने अधिकतम मार्गस्थ नगद तथा नगदजन्य उपकरण र सुरक्षण रकममा) बीमाशुल्कः १.५ प्रतिशत,

(घ) रक्षावरण ‘घ’ (नगद बाहेकका अन्य नगदजन्य उपकरण) बीमाशुल्कः रु. २ प्रतिहजार,

(ङ) रक्षावरण ‘ङ’ को हकमा थप बीमाशुल्क नलाग्ने (बीमितको परिसरमा भित्र रहेको नगद तथा नगदजन्य उपकरण चोरी, सेंधमारी, डकैति वा तोडफोड भएको अवस्थामा कर्मचारी वा कामदारको व्यक्तिगत नगदको हानी नोक्सानी भएमा प्रतिबीमा अवधि बढीमा १० हजार रुपैँयासम्मको हकमा थप बीमाशुल्क नलाग्ने),

(च) हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकबादसम्बन्धी जोखिम समूहको बीमाशुल्कः रु. १.२५ प्रतिहजार,

(छ) प्रचलित सम्पत्ति बीमा अनुसारका जोखिम (हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकवादसम्बन्धी जोखिम बाहेक) थप गरेबापतको बीमाशुल्कः रु. १.५० प्रतिहजार ।

बैंकर क्षतिपूर्ति बीमालेखको बीमादर निर्धारणसम्बन्धी प्रावधान

(क) आधारभूत बीमांकको बीमाशुल्क (बैंकरको क्षतिपूर्ति बीमालेखको रक्षावरण ‘क’ देखि ‘ङ’सम्म)ः एकमुष्ठ २.७५ प्रतिशत,

(ख) अतिरिक्त बीमांकको बीमाशुल्कः १ प्रतिशत प्रतिरक्षावरण,

(ग) निष्ठा जमानीबापतको बीमाशुल्कः १० प्रतिकर्मचारी,

(घ) हुलदंगा, हडताल, द्वेषपूर्ण कार्य र आतंकवादसम्बन्धी जोखिम समूहको बीमाशुल्कः ०.६५ प्रतिशत,

(ङ) प्रचलित सम्पत्ति बीमाबामोजिमका जोखिम (हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकवादसम्बन्धी जोखिमबाहेक) थप गरेबापतको बीमाशुल्कः ०.१५ प्रतिशत

निष्ठा जमानी बीमादर निर्धारणसम्बन्धी प्रावधान

(क) जोखिममा रहेको बीमांक रकमको बीमाशुल्कः रु. ५ प्रतिहजार,

(ख) बीमामा समावेश भएका कर्मचारीहरुको बीमाशुल्कः रु. १०० प्रतिकर्मचारी।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS