IME Life New

नक्कली मेडिकल रिपोर्टले विकृति बढायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकमा कार्यरत एक दम्पतिले संयुक्त जीवन बीमाको लागि नाम चलेको जीवन बीमा कम्पनीमा प्रस्ताव फारम बुझाए । १० लाख रुपैयाँ बीमांकको बीमा योजनामा दुर्घटना मृत्यु लाभ सुविधा समेत जोडेर  खरिद गर्ने उनीहरुको योजना थियो ।

श्रीमान् श्रीमतीको जोखिम रक्षावरणको रकम समेत जोड्दा ४० लाख रुपैयाँ नाघ्ने भएपछि बीमकको अण्डराइटिङ विभागले उनीहरुलाई स्वास्थ्य परिक्षणको लागि शाखा कार्यालय नजिकैको पोलिक्लिनिकमा आउन आग्रह गरे । संयोगवश बैंक दम्पतिमध्ये श्रीमति कुनै काम विशेषले शहरबाहिर जानुपर्ने थियो । उनले आफ्नो श्रीमान् आएपनि आफू स्वास्थ्य परिक्षणको लागि उपस्थित हुन नसक्ने भन्दै असमर्थता जनाइन् । बिमकको कर्मचारीले म्याडम तपाईले सरलाई पठाइदिनु होस् बाँकी काम हामी मिलाउने छौँ भनेर आश्वासन दिए । साँझपख कार्यालयबाट फर्किंदै गर्दा बैंकर श्रीमान् पोलिक्लिनिकमा पुगे । रगत पिसाब जाँच, इसिजी लगायतको परिक्षण गराए । उनीसँगै रहेका बिमकको अभिकर्तालाई ती बैंकरले सोधे, मेरो परिक्षण भयो, श्रीमतिको परिक्षण कहिले गर्ने ?

Esewa
Crest

यतिकैमा अभिकर्ताले ‘सर, हजुरले त्यो चिन्ता नलिनुहोस्, हामीले मिलाइसकेका छौं’ भन्दै पोलिक्लिनिकमा खटिएकी अनमि महिलातर्फ संकेत गरे । अभिकर्ताको यस्तो भनाईबाट केहीबेर अलमल परेका ती बैंकरले कुरा बुझे, र मुस्कुराउँदै प्रतिकृया जनाए ।

स्वास्थ्य परिक्षण गराएको भोलिपल्ट बैंकर दम्पतिको नाममा रु. १० लाख बीमांकको बीमालेख जारी भयो । यहाँ बैंकर दम्पतिकै स्वास्थ्य परिक्षण गरिएपछि मात्र बीमालेख जारी हुनुपर्नेमा बीमकको कर्मचारीले बद्माशी गरे र नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदनको आधारमा बैंकर दम्पतिमध्ये महिलाको स्वास्थ्य परिक्षण सम्बन्धि अण्डराइटिङ प्रकृया पुरा गरे।

जीवन बीमा कम्पनीहरुमा नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदन एउटा विकृति नै बनेको छ । यसले बीमक र अभिकर्तालाई तत्कालै लाभ पुर्याए पनि दीर्घकालमा बीमक र बीमितबीचको व्यवसायीक सम्बन्ध बिगार्छ । किनकी नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदनको आधारमा अण्डराइटिङ गरिएकाले पूनर्बीमा कम्पनी वा बीमक स्वयमले पनि भविष्यमा स्वास्थ्य परिक्षण प्रतिवेदन नक्कली भएको बहाना बनाएर बीमा दाबी भुक्तानी नगर्ने संभावना प्रवल रहन्छ । अर्को तर्फ वास्तविक परिक्षण प्रतिवेदन बिना नै बीमालेख जारी गर्दा बीमकलाई  दाबी भुक्तानीको अनावश्यक जोखिम बहन गर्नुपर्ने हुन्छ।

यतिबेला असार मसान्तको व्यवसायीक लक्ष्य पुरा गर्नुपर्ने चाप भएकाले जीवन बीमकले सम्झौता गरेका पोलिक्लिनिकहरुमा यस्तो नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदन धमाधम तयार पारिदैंछ । मुटुको स्वास्थ्य अवस्था पत्ता लगाउन मुटुको धडकन र रक्तचापको अवस्थाबारे अध्ययन गरिने इसिजी प्रतिवेदन व्यक्ति पिच्छे फरक हुन्छ । तर बीमकका कर्मचारीले वा अभिकर्ताले एउटै व्यक्तिको इसिजी गर्ने बेलामै पोलिक्लिनिकका कर्मचारीसँग सेटिङ मिलाएर तीनवटासम्म फरक फरक प्रतिवेदन तयार पार्न लगाउँछन् । र, यस्तो प्रतिवेदन अन्य कुनै व्यक्तिको नामबाट बीमालेख जारी गर्ने बेला प्रयोगमा ल्याउँछन् ।

अण्डरराइटिङ गर्ने समयमा बीमकले स्वास्थ्य परिक्षणवापतको खर्च व्यहोर्ने गरेका छन् । तर नक्कली प्रतिवेदनको प्रयोगमा ल्याएर बीमकको शाखाका कर्मचारीले यस्तो खर्च रकम जोगाएर  आफ्नो खल्तीमा हाल्ने गरेका छन् ।

नक्कली मेडिकल रिपोर्टले पूनर्बीमक पनि हैरान

ठूलो संख्यामा नक्कली स्वास्थ्य परिक्षण प्रतिवेदन प्राप्त हुन थालेपछि पूनर्बीमा कम्पनीहरु पनि यहाँको बीमकबाट हैरान भएका छन् । पूनर्बीमकको अण्डरराइटिङग विभागमा ज्यादै अनुभवी जनशक्ति कार्यरत हुन्छन् । उनीहरुले कुनै पनि स्वास्थ्य परिक्षण प्रतिवेदन हेरेर प्रस्तावकको सक्कली परिक्षण प्रतिवेदन हो वा नक्कली हो भन्ने अनुमान गर्न सक्छन् ‌। कतिपय अवस्थामा एउटै स्वास्थ्य परिक्षण प्रतिवेदन विशेषगरी इसिजी प्रतिवेदन पनि फरक फरक व्यक्तिको प्रस्ताव फारमको साथमा प्राप्त हुँदा केही बीमकलाई पूनर्बीमकले सचेत समेत गराएका छन् ।

बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणका लागि खर्च पनि छुट्टाउनु पर्ने हुन्छ । यस बापत खर्च पनि हुन्छ । तर त्यो सबै अभिकर्ताको गोजिमा जान्छ । अर्को तर्फ व्यवसाय भित्र्याउने नाममा बीमा कम्पनीहरुले बीमितलाई चिड्याउन पनि चाहदैनन् । तर यो वास्तवमा गैरकानुनी अभ्यास हो । यस्तो अभ्यासलाई नियमन गर्ने बीमा समितिले पनि वेवास्था गर्दै आएको छ । कम्पनीको सुपरिवेक्षण तथा नियमन गर्दा यस्ता कुरालाई पनि हेर्नु पर्ने हुन्छ । स्वास्थ्य परिक्षण जस्तो संवेदनशिल कुरालाई वेवास्था गरेर हिड्दा भोलिका दिनमा यसले थप विकृति पैदा गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS