IME Life New

नक्कली बिजक पेस गर्ने बेलायती बीमा कम्पनीलाई ७५ लाख डलर जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय कर अधिकारीहरुले बेलायती बीमा कम्पनी अविभाको घरेलु इकाइलाई ७५ लाख डलर कर र जरिवाना तिर्न आदेश दिएका छन्।

आदेशअनुसार अविभा इन्डियाले गैरकानुनी कमिसन दिन नक्कली बिजक तयार गरी अनुचित ट्याक्स क्रेडिट (कर ऋण) दाबी गरेको अनुसन्धानमा देखिएको छ। त्यसपछि यो आदेश दिइएको हो।

Esewa
Crest

यो कर अविभाको भारतीय व्यापारका लागि धेरै उच्च छ। यसका कारण के हो भने अविभा इन्डियाले वित्त वर्ष २०२३–२४ मा करपछि मात्र १ करोड डलर नाफा कमाएको थियो। अविभाले भारतीय बीमा बजारमा अन्य बीमा कम्पनीबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।

अविभा इन्डियाले आफ्नो व्यवसाय विस्तार गर्न सन् २०१७ देखि २०२३ सम्म आफ्ना भेन्डरहरुलाई करिब २ करोड ६० लाख डलर तिरेको थियो।

भारतीय कर अधिकारीहरुले गत अगस्ट ३ को एक सूचना जारी गर्दै अविभा इन्डियाले बीमा व्यापार विस्तारका नाममा नियामक सीमाभन्दा बढी बीमा एजेन्टहरुलाई कमिसन तिरेको आरोप लगाएका थिए। अविभाले अनुचित रुपमा ट्याक्स क्रेडिट दाबी गरेको र फर्जी बिजक तथा नगद भुक्तानीको गोप्य प्रणाली प्रयोग गरेर ५२ लाख डलर कर छलेको अधिकारीहरुको दाबी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS