IME Life New

धितोपत्र बोर्डबाट ‘एनएमबि हाईब्रिड फन्ड एल-२’ योजनाले पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबि हाईब्रिड फन्ड एल–२ योजनाका इकाइहरु निष्कासन अनुमति दिएको छ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालिन यस योजनाका इकाइहरु सर्वसाधारणलाई बिक्री खुला गरिनेछ।
बन्दमुखी यस योजनाको अवधि १० वर्ष रहेको छ।

Esewa
Crest

कुल १ अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजनामध्ये १ अर्ब २ करोड रुपैयाँबराबरको इकाइमात्रै सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। अब यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड २० लाख इकाइ बिक्री खुला गरिनेछ।

यो म्युचुअल फन्डको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS