IME Life New

धिताेकाे बीमामा चुकेकाे नेपाल बैंकले रू. १ कराेड क्षतिपूर्ती तिर्नुपर्ने अदालतकाे आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितो राखेको अचल सम्पत्ति बीमा गर्न चुक्दा नेपाल बैंक लिमिटेडलाई ताप्लेजुङ जिल्ला अदालतले १ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती भुक्तानीको आदेश दिएको छ ।

धितोवापत राखेको सम्पत्तिको बीमा गर्नको लागी ऋणी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारका हार्डवेयर पसले जीवनप्रसाद पौडेले नेपाल बैंकलाई लिखित स्वीकृति दिए पनि बैंकले बीमा नगर्दा पौडेललाई पुग्न गएको क्षतिवापत बैंकलाई तिराउनको लागी जिल्ला अदालतले आदेश दिएको हो ।

Esewa
Crest

ताप्लेजुङ जिल्ला अदालते नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो ।

अदालतले दुष्कृतिजन्य कार्य गरेको अभियोगमा नेपाल बैंक लिमिटेडलाई दोषी ठहर गर्दै वादी पौडेललाई क्षतिपूर्ति दिलाई भराउन आदेश दिएको हो।

प्रतिवादी बैंकले दायीत्व पुरा नगर्दा ऋणीलाई क्षति पुगेको भन्दै यो कार्य मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ (१) (२) र ६७५ (१) बमोजिम दृष्तिकृतिजन्य कार्य भएको ठहर जिल्ला अदालतको फैसलामा गरिएको छ ।

व्यापारी पौडेलले पटक पटक गर्दै बैंकबाट कूल ८० लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको सुरक्षणवापत उनले आफ्नो हार्डवेयर पसल धितोजमानीमा राखेका थिए । धितो जमानीमा राखिएको सम्पत्तिको बीमावापतको शुल्क आफ्नो खाताको मौज्दातबाट कट्टा गर्न उनले बैंकलाई लिखित स्वीकृति दिएका थिए । कुनै पनि ऋणको सुरक्षाको लागी सुरक्षणवापत स्वीकार गरिएको भौतिक सम्पत्तिको बीमाको लागी ऋणीबाट बीमाशुल्क लिएर बीमा गर्नुपर्ने दायीत्व बैंकमा निहित रहेको हुन्छ । तर बैंकले सम्पत्तिको बीमा गर्न चुक्यो ।

बीमा नभएको अवस्थामै ऋणी व्यापारी पौडेलको हार्डवेयर पसलमा आगलागी भएर नष्ट भएको थियो । आगलागीबाट भएको क्षतिको पूर्तीको लागी उनले बीमा कम्पनीमा आवश्यक कागजपत्र पेश गर्न बैंकलाई अनुरोध गरेपछि बैंकले बीमा नै नगरिदिएको वास्तविकता प्रकाशमा आएको थियो ।
बैकको दृष्कृतिको कारण आफूलाई क्षति पुगेको भन्दै पौडेलले क्षतिपूर्तीको माग गर्दै नेपाल बैंक लिमिटेडविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS