IME Life New

धादिङमा खुल्यो अर्को सुविधासम्पन्न रिसोर्ट, र्‍याफ्टिङ मात्र नभएर जिपलाइन र स्का साइकिङ समेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पर्यटन व्यवसायी उद्धव कँडेलले धादिङमा त्रिशूली नदी छेउमा ‘त्रिशूली भिला’ रिसोर्ट सञ्चालनमा आएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट सप्ताहन्त र अघि पछि समेत काठमाडौं नजिकै रमणीय वातावरणमा रमाउन चाहने पर्यटकका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको हो ।

होटल सञ्चालक कँडेलले पृथ्वी राजमार्गको बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट समेत सञ्चालन गरि रहेका छन् । नयाँ खुलेको भिल्लामा रिभरसाइड रिसोर्टको तुलनामा सुविधा सम्पन्न भिल्ला(बेग्लाबेग्लै घर) निर्माण गरिएका छन् । होटलका अनुसार कूल १२ वटा भिल्लामा आधुनिक सुविधा सहितका ३७ वटा कोठा छन् । होटलको निर्माण कार्य अझै पनि जारी रहेकाले तत्कालका लागि २० वटा कोठाबाट सेवा शुरु गरिएको छ। भिल्लामा साउना र स्टिम कोठाको सुविधा समेत छ।

Esewa
Crest

यो रिसोर्टमा सभा सम्मेलन तालिम तथा भेला आयोजनाका लागि ३ सय सहभागिहरु अटाउन सक्ने ठूलो बैठक कक्ष समेत छ। सप्ताहन्तमा रमाउने आन्तरिक पर्यटकका साथै काठमाडौं‌ उपत्यका र चितवन नजिकै रमणीय स्थलमा तालिम आयोजना गर्न चाहने तथा कर्मचारीहरुलाई पुनर्ताजगी गराउन चाहने संस्थागत ग्राहकका लागि सभा कक्ष उपयोगी हुनेछ।

शुरुवाती मूल्य ४ हजार रुपैयाँमा रातको खाना, शयन कक्ष र बिहानको नास्ताको सुविधा उपलब्ध गराईएको छ। ग्राहकको चाहना अनुसार थप सुविधा सहितका अन्य प्याकेज समेत उपलब्ध रहेको छ।

साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले होटलले त्रिशूली नदीमाथि स्काई साइक्लिङ, जिपलाइन र त्रिशूली नदीमा र्‍याफ्टिङको रोमाञ्चकारी मनोरञ्जन समेत दिई रहेको छ। पृथ्वी राजमार्गमा मालिंगा पछि अवस्थित त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई राइडिङ गरेर भिलामा पहुँच गर्न सकिन्छ।

काठमाडौंबाट ६५ किलोमिटर र चितवनबाट ७० किलोमिटरको दूरीमा अवस्थित यो होटल पृथ्वीराजमार्ग खण्ड अन्तर्गत पर्ने वेनिघाटको मालिङ्गाबाट झोलुङ्गे पुल पार गरेर, स्का साइक्लिङ गरेर वा जिपलाइनबाट त्रिशुली नदी पारी पुग्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS