IME Life New

द्वन्दकालिन घटनाको पाँच करोड रुपैयाँ दावी भुक्तानी गर्न युनाईटेड इन्स्योरेन्सलाई सर्वोच्चको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालते धनुषामा रहेको एभरेष्ट पेपर मिल्समा प्रेसर कुकर बम विस्फोट गराई भएको आगजनीको घटनाको बीमा दावी भुक्तानीबापत करिब पाँच करोड रुपैयाँ तिर्न युनाईटेड इन्स्योरेन्सको नाममा आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठ र हरि प्रसाद फुयाँलको इजलासले द्वन्दकालिन घटनामा भएको क्षतिको दावी भुक्तानी बीमा कम्पनीलाई तिर्न आदेश दिएको हो ।

करिब तीन वर्षदेखि चल्दै आएको सो मुद्दामा गत बुधबार फैसला गर्दै सर्वोच्च अदालतले एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला सुनाएको हो । सर्वोच्च अदालतको फैसलापछि युनाईटेड इन्स्योरेन्सले दुई करोड भन्दा बढि क्षति बापतको भुक्तानी गर्नुपर्ने रकममा ब्याज जोडेर भुक्तानी गर्दा करिब पाँच करोड पुग्ने अनुमान गरिएको छ ।

Esewa
Crest

तर, युनाईटेड इन्स्योरेन्सले भने तत्काल भुक्तानी नदिने बरु सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ । द्वन्दकालमा माओवादीबाट भएको क्षतिको भुक्तानीको लागि आतंकवाद सम्बन्धी बीमा पुल बनाएर सोही पुलमार्फत भुक्तानी गर्ने गरिएको थियो ।

यथार्थ के हो ?

एभरेष्ट पेपर मिल्सले युनाईटेड इन्स्योरेन्समा कागज उत्पादन गर्ने मेशिन र गोदाम समेतको बीमा गराएको थियो । २०६० साल भदौं ७ गते तत्कालिन विद्रोही माओवादीले एभरेष्ट पेपर मिल्ससँग चन्दा माग्दा दिएन । चन्दा नदिएपछि माओवादीले उक्त उद्योगमा प्रेसर कुकर बम विस्फोट गराए र आगजनी समेत गराए । सो उद्योगमा करिब ११ करोड रुपैयाँ क्षति पुगेको कम्पनीले दावी गर्यो । कम्पनीले मेशिन, गोदाम र तयारी मालबस्तुमा क्षति पुगेको भन्दै ११ करोडको दावी अघि सार्यो ।

तर, बीमा कम्पनीले खटाएको सर्भेयरले तयारी मालबस्तुको बीमा दावी भुक्तानी गर्न नमिल्ने भन्दै उक्त दावीलाई स्वीकार गरेन । सर्भेयरले कच्चा पदार्थ राख्ने गोदाममा तयारी मालबस्तु राख्नुको कारण माग्दै गोदाममा तयारी मालबस्तु राख्ने कार्य बीमा कम्पनीसँगको सम्झौता विपरित भएको भन्दै लिखित प्रतिवेदन दिँदै तयारी मालबस्तुमा पुगेको क्षति बाहेकको मात्रै भुक्तानी गर्न सिफारिस गर्यो । युनाईटेड इन्स्योरेन्सले सोही प्रतिवेदन आतंकवाद बीमा पुलमा पठायो । बीमा पुलले चार करोड ५० लाख मात्रै भुक्तानी गर्यो ।

तर, एभरेष्ट पेपर मिल्सले उक्त दावी भुक्तानीलाई अन्याय भन्दै बीमा समितिमा उजुरी गर्यो । बीमा समिलिको इजलासले सर्भेयरको प्रतिवेदनलाई जायज ठहर गर्दै दावी भुक्तानी तिर्नु नपर्ने ठहर गर्यो । त्यसपछि कम्पनी पुनरावेदन अदालतमा पाटनको शरणमा पर्यो । पुनरावेदन पाटनमा मुद्दा चल्दै गर्दा तत्कालिन युनाईटेड इन्स्योरेन्सका उच्च अधिकारी र एभरेष्ट पेपर मिल्सका सञ्चालकका बीचमा छलफल भई बीमा दावी भुक्तानी बापत दुई करोड रुपैयाँ तिर्नुपर्ने निर्णय गरी माईन्यूट तयार पारियो । सो माईन्यूटमा केहीले हस्ताक्षर गरे, केहीले गरेनन् । सो माईन्यूट प्रमाणको रुपमा पुनरावेदन अदालत पाटनमा पेश गरियो । सोही बुँदामा टेकेर पुनरावेदन अदालत पाटनले एभरेष्ट पेपरमिल्स्को पक्षमा फैसला गर्यो । सो फैसलाको विरुद्धमा युनाईटेड इन्स्योरेन्स करिब तीन वर्ष पहिले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सोही मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले बुधबार अघिल्लो अदालत पुनरावेदन अदालत पाटनले गरेको फैसला सदर हुने ठहर गरेको हो ।

अब के हुन्छ ?
कानुनी रुपमा युनाईटेड इन्स्योरेन्सले पुनरावेदन गर्न पाउने नपाउने फैसलाको पूर्ण पाठ आएपछि थाहा हुनेछ । अर्कोतर्फ तत्कालिन अवस्थामा द्वन्दकालिन घटनाका कारण पुगेको क्षतिको बीमा दावी भुक्तानीको लागि अस्तित्वमा रहेको आतंकवाद पुलले दायित्व व्यहोर्नु पर्ने घट्ना भएकोले सोही पुलमार्फत भुक्तानीको लागि कानुनी उपचार खोज्न सक्नेछ । साथै युनाईटेड इन्स्योरेन्सका तत्कालिन सिईओ, डिसिईओ लगायतका व्यक्तिहरुले गरेको भनिएको माईन्यूटको सम्बन्धमा कानुनी उपचार खोज्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS