IME Life New

दैनिक नयाँ रेकर्ड बनाउँदै पाकिस्तानी शेयर बजार, जनता भने निराश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चरम महँगीका कारण पाकिस्तानी जनतालाई दैनिक उपभोग्य वस्तु किन्न कठिन भइरहेको छ। यसका बाबजुद पाकिस्तानको शेयर बजारले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ।

पाकिस्तानको शेयर बजार अहिले कीर्तिमानी उचाइमा छ। बजारले हरेक दिन नयाँ उचाइ पार गरिरहेको छ। गत साताको अन्तिम दिन शेयर बजार परिसूचकले एकैदिन ६६ हजारको विन्दु नाघेको थियो। इन्डेक्स पाकिस्तान इतिहासकै उच्च विन्दु ६६ हजार २२३ मा बन्द भएको थियो।

Esewa
Crest

पछिल्लो दुई महिनामा पाकिस्तानी स्टक मार्केट इन्डेक्समा १६ हजार विन्दुले बढेको छ। गत अक्टोबरमा बजार परिसूचक ५० हजार विन्दुको स्तरमा थियो। त्यसपछि बजारमा बुलिस ट्रेन्ड सुरु भएको हो।

गत साता पाकिस्तानको शेयर बजारमा बैंकहरुको शेयरमा १७०४ प्रतिशतको वृद्धि देखिएको छ। नोभेम्बर महिनामा पाकिस्तानी शेयर बजारमा ३ करोड ५० लाख डलरको विदेशी लगानी आएको थियो। यो लगानी ६ वर्षयताकै उच्च हो। दिसेम्बरको पहिलो सातामात्रै विदेशी लगानीकर्ताले १ करोड रुपैयाँ लगानी गरेका छन्।

विज्ञहरुले पाकिस्तानको शेयर बजार बढ्नुको अर्को कारण आईएमएफबाट ऋण लिने सम्झौता हुनुलाई पनि मानेका छन्। यसअन्तर्गत पाकिस्तानले ७० करोड डलरको किस्ता पाउने भएको छ।

रिपोर्टका अनुसार आईएमएफ र पाकिस्तानबीचको कर्मचारीस्तर सम्झौताले बजार बढ्नलाई टेवा पुगेको विज्ञहरु बताउँछन्। शेयर बजार अझै बढ्न सक्ने र आगामी महिनामा ७० हजारदेखि ७५ हजारको विन्दुसम्म पुग्ने सक्ने अनुमान गरिएको छ।

सञ्चारमाध्यमका अनुसार पाकिस्तानका जनता महँगीबाट हैरान छन्। महँगी चरम सीमामा छ। यस्तो अवस्थामा शेयर बजारको यो उछालबाट पाकिस्तानी जनता सन्तुष्ट छैनन्। शेयर बजार बढे पनि जीवनयापनमा कुनै राहत नदिने उनीहरुको भनाइ छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS