IME Life New

दैनिक नयाँ उचाइ चुम्दै भारतीय शेयर बजार, यस्तो छ बजार बढ्नुको कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारीय शेयर बजारले आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ । सेन्सेक्सले बढेर ६९३८१.३१ को विन्दुमा पुगेको छ। यो अल टाइम हाई हो। निफ्टी पनि अहिलेसम्मकै उच्च विन्दु २०८६४.०५ को विन्दुमा पुगेको छ।

आज सेन्सेक्स ४३१ अंकले बढेको छ भने निफ्टीमा १६८ अंकको बढोत्तरी भएको छ। सेन्सेक्सका ३० मध्ये २० वटा कम्पनीको शेयरभाउ बढेको छ भने १० वटाको घटेको छन् । आज बैंकिङ सेक्टरमा उछाल आएको छ।

Esewa
Crest

यसअघि हिजो भारतीय शेयर बजारले नयाँ कीर्तिमान बनाएको थियो । सेन्सेक्सले ६८९१८.२२ को उच्च विन्दु चुमेको थियो। जुन आज तोडिएको छ। हिजो निफ्टी पनि अहिलेसम्म २०७०२.६५ को विन्दुमा पुगेको थियो ।

भाजपाले ५ मध्ये ३ राज्य विधानसभा चुनावमा बहुमत प्राप्त गर्नुले पनि भारतीय सेयर बजारमा चमक आएको विश्लेषकहरु बताउँछन्।अर्कोतर्फ दोस्रो त्रैमासिकमा जीडीपी ७.६ प्रतिशत पुगेको छ। जुन भारतीय रिजर्भ बैंकले अनुमान गरेको ६.५ प्रतिशतभन्दा १.१ प्रतिशतले बढी हो। यो कारणले बजार बढ्न मद्दत पुगेको उनीहरुको विश्वास छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS