IME Life New

दुबईमा बन्नेछ विश्वकै ठूलो विमानस्थल, २६ करोड यात्रु क्षमता, ४०० टर्मिनल गेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुबईमा विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ। यसको नाम अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ।

दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतुमले आइतबार नयाँ यात्री टर्मिनललाई अनुमोदन गरेका छन्। उनले दुबईमा विश्वकै ठूलो विमानस्थल बन्ने बताए। यसलाई विश्वव्यापी केन्द्रका रुपमा विकास गरिने उनको भनाइ छ।

Esewa
Crest

विमानस्थल निर्माणमा करिब ३५ अर्ब डलर लाग्ने छ। त्यस विमानस्थलमा ५ वटा समानान्तर धावनमार्ग हुनेछन्। यसबाहेक ४०० एयरक्राफ्ट गेट हुनेछन्। विमानस्थलको क्षमता वार्षिक २६ करोड मानिस हुनेछ।

शेख मोहम्मद बिन रसिद अल–मकतुमले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा एउटा पोस्टमा लेखेका छन्, ‘यो नयाँ परियोजनाले हाम्रा बच्चा र उनीहरुका पनि बच्चाहरुको दिगो र स्थिर विकास सुनिश्चित गर्नेछ।’

दुबई विमानस्थलसँग सम्बन्धित ५ महत्वपूर्ण विशेषता

  • अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थल प्रतिवर्ष द्दट करोड यात्रुका साथ विश्वको सबैभन्दा ठूलो क्षमताको विमानस्थल हुनेछ।
  • आगामी वर्षहरुमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै परिचालन हुनेछन्। यो हालको विमानस्थलको आकारको पाँचगुणा हुनेछ।
  • यो विमानस्थलमा ४०० एयरक्राफ्ट गेट र ५ समानान्तर धावनमार्ग हुनेछन्। नयाँ उड्डयन प्रविधि दुबईमा पहिलोपटक देखिनेछ।
  • दुबई दक्षिणमा एयरपोर्टको वरिपरि पूरै सहर बनाइनेछ।
  • यो परियोजनाबाट १० लाख मानिसको आवास निर्माणको काम सम्पन्न हुनेछ।

दुबई एयरपोर्टलाई विश्वको सबैभन्दा व्यस्त एयरपोर्टमा गनिन्छ। सन् २०२२ मा यो विमानस्थल ६ करोड ६० लाख यात्रुले प्रयोग गरेका थिए। दुबई मिडिया अफिसले यो कदमले विश्व मञ्चमा अग्रणी उड्डयन हबका रुपमा दुबईको स्थितिलाई अझ बलियो बनाउने जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

51%
happy

खुसी

0%
sad

दु :खी

4%
amazed

अचम्मित

40%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS