IME Life New

दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई म्युचुअल फण्डहरुको इकाईमूल्य समायोजन भएको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य समायोजन भएको हो।

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन एआईसी एशिया ग्रोथ फण्डको १०.५० प्रतिशत र एनसआईसी एशिया ब्यालेन्स्ड फण्डको १० प्रतिशत नगद लाभांश समायोजन गरेको हो।

Esewa
Crest

समायोजनपश्चात एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य ८ रुपैयाँ ९५ पैसा कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकार्यमूल्य ८ रुपैयाँ ३० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार एनआईसी एशिया ग्रोथ फण्डको इकाई १० रुपैयाँ र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई ९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १०.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS