IME Life New

दुई महिनामा वाणिज्य बैंकहरुबाट गयो रु. ७९.१४ अर्ब शेयर लोन, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा वाणिज्य बैंकहरुबाट ७९ अर्ब १४ करोड रुपैयाँ बढी शेयर धितो कर्जा गएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म १९ वटा वाणिज्य बैंकबाट ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्डले भने शेयर लोन प्रवाह गरेको छैन।

Esewa
Crest

तथ्यांकअनुसार यो दुई महिना सबैभन्दा बढी शेयर लोन दिनेमा नबिल बैंक रहेको छ। यो बैंकबाट १० अर्ब ५२ करोड ८१ लाख रुपैयाँ शेयर लोन गएको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमईले दुई महिनामा ९ अर्ब ६७ करोड १४ लाख रुपैयाँ शेयर लोन दिएको छ।

धेरै शेयर लोन प्रवाह गर्ने तेस्रो बैंकमा नेपाल बैंक रहेको छ। यो बैंकले ७ अर्ब २९ करोड ८९ लाख रुपैयाँ शेयर लोन दिएको छ।

यसैगरी भदौसम्म सिद्धार्थ बैंकले ७ अर्ब १६ करोड ६४ लाख रुपैयाँ, कुमारी बैंकले ६ अर्ब ६० करोड १७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५ अर्ब २७ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ८ करोड ३४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ र प्रभु बैंकले ३ अर्ब ९ करोड २० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

भदौसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ४ करोड ३८ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ८० करोड ३६ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८४ करोड ८२ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ४३ करोड ४६ लाख रुपैयाँ शेयर लोन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS