IME Life New

दुई जीवन बीमा कम्पनीको साधारण सभा आज हुँदै, मर्जरको विशेष प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आज साधारण सभा आयोजना गर्दैछन् । यी दुई कम्पनी मर्जरको प्रक्रियामा रहेका छन् । सानिमा लाइफको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो भने रियान्स लाइफको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सानिमा लाइफले धुम्बाराही स्थित कुण्डलिनी दरबार ब्यानक्वेटमा साधारण सभा आयोजना गर्ने जनाएको छ भने रिलायन्स लाइफले नक्साल स्थित लिसारा रिसेप्सनमा साधारण सभा गर्ने जनाएको छ । यी दुबै कम्नीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

Esewa
Crest

यी दबै कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफा नोक्सान वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने साधारण प्रस्ताव पारित गर्नेछन् ।

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बन्ने विशेष प्रस्ताव पारित गर्नेछन् । यी दुई संस्था १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

साधारण सभामा मर्जर सम्बन्धि हालसम्म भएका काम कारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रसताव पेश हुने छन् ।

सभाले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तीम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने, एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक मूल्याङ्कनकर्ता नियुक्ति तथा निज प्रदान गर्ने पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी एक आपसमा गाभ्ने गाभिने सम्वन्धि साधारणसभाबाट पारित बिशेष प्रस्तावहरुका सम्वन्धमा तथा सभाले गर्ने अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्वन्धमा गर्नुपर्ने बांकी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि दुवै कम्पनीले माघ २९ गते बुक क्लोज गरिसकेका छन् । त्यसकारण माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS