IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले भोलि बुक क्लोजका लागि मिति तय गरेका छन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिज सक्नेछन् ।

मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितगर्नेछ ।

यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुनेछ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकउक्त सभाको मिति तय गरेको हो ।

सभा अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे गर्ने जनाएको छ । सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

साथै, सभामाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक निर्वाचनको प्रस्ताव पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS