IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी र बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिओकेएलले साधारण सभा तथा लाभांश प्रयोजनार्थका लागि भोलि बुकक्लोज गर्दैछ भने अपि पावरले मंसिर १ गते गर्दैछ।

कात्तिक ३० गते तिहारको बिदाका कारण बजार बन्द हुने भएका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले अपिको लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

अपि पावरले लाभांश प्रस्ताव सहित मंसिर ८ गते सोह्रौँ तथा सत्रौँ वार्षिक साधारण सभा डाकेको छ। उक्त सभा कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथलीबाट भर्चुअल माध्यम जुम एप बाट सञ्चालन हुने कम्पनीले जनाएको छ। सो सभा बिहान ११ बजे शुरु हुने जनाएको छ।

सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, आव २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आव २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसका अतिरिक्त दुबै आर्थिक वर्षको बोनस शेयर तथा ५६.७ करोडको हकप्रद शेयर निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर ०.८५६ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पनि सो सभाले दिने प्रस्ताव रहेको छ।

१६ औँ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले २०७६ चैत १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरिसकेको छ। यस अनुसार चैत १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेका कारोबार भइ कायम शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, बैंक अफ काठमाण्डूले मंसिर २० गते २६ औं साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS