IME Life New

दुई इन्स्योरेन्स सहित तीन कम्पनीको साधारण सभा आज, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज तीन कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज प्रिमियर इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी र ग्रिन लाइफ हाइड्रोपावरले साधारण सभा गर्दैछन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा आज हुँदैछ । साधारण सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश यस पटकको साधारण सभामा शेयरधनीको लागि मुख्य आकर्षण हुने भएको छ। साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल र पारित गर्ने कार्यक्रम रहेको छ।

Esewa
Crest

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिंदैछ। त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरिने सूचनामा उल्लेख छ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश गरिंदैछ।

त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पेश गर्नेछ । साधारण सभामा शेयरधनीहरु अभौतिक माध्यमबाट सहभागिता जनाउन सक्ने एशियन लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ। शेयरधनीले एनआइबीएल एस क्यापिटलबाट जुम मिटिङको लागि आइडी र पासकोड प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि साभामा पेश गरिने भएको छ ।

समितिले जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशन जारी गरेपछि कम्पनीहरुलाई नगद लाभांशभन्दा पनि बोनशमा जोड दिन तथा कर प्रयोजनको लागि बाहेक नगद लाभांश बितरण गर्ने रोक लगाएपछि कम्पनीले नगद लाभांशलाई बोनश नै बढाएर दिने भएको हो । कम्पनीले यस अघि ७ दशमलव ५ प्रतिशत बोनश र ७ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७र०७८ को नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८१/७९ को लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावली संशोधन गर्ने बारे तथा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज माघ ४ गतेसम्म कायमं शेयरधनीले मात्र सभामा भाग लिन  प्रस्तावित लाभांश पाउने छन् ।

त्यसैगरी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले आज आम्रपाली ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखोपरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ५ गते देखि २१ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS