IME Life New

दसैंलाई लक्षित गरी लक्ष्मी सनराइज बैंकले ल्यायो विभिन्न अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो । असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ।

परम्परागत रूपमा दसैंमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, शपिङ्ग तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो। पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ।

Esewa
Crest

यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ। अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फूडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ।यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाईलो गरौँला’अफर अन्तर्गत क्यूएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।क्यासब्याक अफरहरु बाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँभन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS