IME Life New

दशैंको पाँच दिनमा २ लाख भन्दा बढी यात्रुले गरे काठमाडाैंबाट हवाई यात्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विमानस्थलबाट पाँच दिनको अवधिमा २ लाख भन्दा बढी यात्रूले हवाई यात्रा गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार असोज २४ देखि २८ गतेसम्मको अवधिमा कुल २ लाख ३७ हजार यात्रुले हवाई यात्रा गरेका हुन्।

यो  अवधिमा आन्तरिक टर्मिनलबाट १ लाख ६० हजार ९१० जना यात्रुले उडान गरे भने  र अन्तर्राष्ट्रिय टर्मिनलबाट ७८ हजार ५१२ यात्रुले उडान भरेका छन् । बडा दशैंको फूलपातीदेखि द्वादशीसम्मको पाँच दिनको अवधि आन्तरिक र बाह्य दुबैतर्फको टर्मिनलमा यात्रुको अधिक चाप रहेको थियो ।

Esewa
Crest

असोज २४ देखि ३० गतेसम्मको सात दिनको अवधिमा घरेलु वायू सेवा कम्पनीले यो विमानस्थलबाट कुल दुई हजार १५९ आन्तरिक उडान भरेका छन् । यसैगरी स्वदेशी र विदेशी वायू सेवा कम्पनीले अन्तर्राष्ट्रिय तर्फ ७८१ उडान भरेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

दशैंमा संघीय राजधानी बाहिरबाट दशैं मनाएर काठमाडाैं फर्किनेहरूको चाप अझै दुई दिनसम्म रहने वायू सेवा कम्पनीले जानकारी दिएका छन् ।उनीहरूका अनुसार शुक्रबार र शनिबार दुई दिनसम्म अझै पनि तराईका विमानस्थलहरूबाट काठमाडाैं फर्किने यात्रुको अधिक चाप रहेको छ।

यसवर्ष काठमाडाैं जोड्ने प्रमुख राजमार्गहरू विपि राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ, काठमाडाैं कुलेखानी हेटाैंडा, दक्षिणकाली सिस्नेरी हेटाैंडा सडक बाढी पहिरोका कारण क्षतिग्रस्त भएपछि दशैं मनाउन घर फर्किनेहरूका लागि हवाई सेवा नै एक मात्र विकल्प रह्यो। यसै कारणले यो वर्ष दशैंमा अहिलेसम्मकै सबैभन्दा बढी यात्रुको चाप थेग्नु परेको वायू सेवा कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS