IME Life New

दक्षिण कोरियाः बीमा ठगीमा मतियारलाई पनि मुख्य अपराधी सरह सजाय हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रिय सभाले बीमा ठगीमा संलग्न हुने मतियारलाई समेत मुख्य अपराधी सरह जेल सजाय र जरिवाना हुने कानूनी प्रावधान पारित गरेको छ। बीमामा हुने ठगी नियन्त्रण सम्बन्धी विशेष ऐनमा संशोधन पारित गर्दै राष्ट्रिय सभाले बीमा ठगी गर्नेलाई कडा सजायको व्यवस्था गरेको हो।

स‌ंशोधित प्रावधान अनुसार बीमा ठगीको दलाली, प्रलोभन, माग वा विज्ञापन गर्नेलाई प्रत्यक्ष रूपमा ठगी गर्नेलाई सरह जरिवाना हुनेछ। नयाँ प्रावधान अनुसार मतियारलाई १० वर्षसम्म जेल वा ५ करोड दक्षिण कोरियाली मुद्रा अर्थात्  ३७ हजार ४ सय अमेरिकी डलरसम्म नगद जरिवाना हुने स्थानीय अनलाइन सञ्चार पल्स न्यूजले रिपोर्ट गरेको छ।

Esewa
Crest

यसअघिको प्रावधानमा बीमा दाबी वा प्रस्तावमा जालसाजी गर्ने वा तेस्रो पक्षलाई ठगी गर्नका लागि आवश्यक कागजात जुटाई दिनेलाई मात्र कानूनी सजायको व्यवस्था थियो । संशोधनले बीमा ठगीबाट प्राप्त भएका अवैध लाभहरु जफत गर्नका लागि बीमा कम्पनीलाई बाटो खुल्ला गरिदिएको छ।

वित्तीय अनुगमन सेवाले प्रकाशन गरेको तथ्यांक अनुसार कोरियामा सन् २०२२ मा बीमा ठगीको घटना उचाईंमा पुगेको थियो । सन् २०२२ मा मात्र १ खर्ब ८ अर्ब भन्दा बढी कोरियाली मुद्रा बराबरको बीमा ठगी भएको थियो । यस्तो ठगीका कारण १ लाख सर्वसाधारण प्रभावित भएका थिए । बीमा उद्योगमा हुने ठगीमध्ये ९१ प्रतिशत हिस्सा निर्जीवन बीमामार्फत् हुने ठगीले ओगटेको छ ।

नयाँ प्रावधान लागू भएसँगै बीमा उद्योगमा लामाे समयदेखि संगठितरुपमा हुँदै आएको ठगी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा राष्ट्रिय सभाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS