IME Life New

तोडिएला भारतमा एलआईसीको कीर्तिमान ? यो कार निर्माण कम्पनीले गर्दैछ ठूलो धमाका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालसम्म भारतमा सबैभन्दा ठूलो आइपीओ ल्याउने कीर्तिमान देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी एलआईसीको नाममा रहेको छ। अब यो कीर्तिमान तोडिन सक्ने देखिएको छ।

भारतीय अटो मोबाइल क्षेत्रमा प्रख्यात नाम दक्षिण कोरियाली कम्पनी हुन्डाईले ठूलो योजना बनाएको छ। यसअन्तर्गत कम्पनीले यस वर्ष दीपावलीसम्म आफ्नो आइपीओ लन्च गर्न सक्नेछ। जसको आकार एलआईसीको भन्दा ठूलो हुनेछ।

Esewa
Crest

हुन्डाईले भारतीय अटोमोबाइल बजारमा प्रवेश गरेको तीन दशकभन्दा बढी भइसक्यो र अब दक्षिण कोरियाली अटो कम्पनीले भारतीय सेयर बजारमा सूचीकृत हुने योजना बनाएको बताइएको छ। बिजनेस टुडेमा प्रकाशित रिपोर्टअनुसार कम्पनीले लन्च गर्ने योजना बनाएको आइपीओको आकार भारतको सबैभन्दा ठूलो हुन सक्छ। यसको मतलब हालसम्मकै सबैभन्दा ठूलो भारतीय आइपीओको कीर्तिमान राखेको एलआईसीको कीर्तिमान पनि तोड्न सक्छ।

अहिलेसम्म भारतको सबैभन्दा ठूलो आइपीओको रेकर्ड एलआईसीको नाममा भारु २१ हजार करोडको इश्यू साइजका साथ रहेको छ। हुन्डाई मोटर्स दक्षिण कोरियामा ३९ अर्ब डलरको बजार पुँजीकरणका साथ सूचीबद्ध छ। अनुमानअनुसार हुन्डाईको आइपीओको आकार ३ अर्ब डलर वा भारु २७ हजार करोडभन्दा बढी हुनेछ। यो भारतीय शेयर बजारको इतिहासमा सबैभन्दा ठूलो आईपीओ बन्नेछ।

हुन्डाई इन्डियाको यो आइपीओ भारतमा सूचीकरण दक्षिण कोरियाको ‘भ्यालु अप’ कार्यक्रमको एक हिस्सा हुने अपेक्षा गरिएको छ। यो वर्ष दीपावलीको आसपासमा लन्च हुन सक्छ। हुन्डाई इन्डियाले यस आइपीओअन्तर्गत बेच्ने योजनामा रहेको शेयर १५ प्रतिशतको हाराहारीमा हुन सक्छ र यसको साइज करिब भारु २७ हजार करोड हुन सक्छ।

हुन्डाईका कार भारतमा धेरै रुचाइएका छन्। यही कारणले गर्दा यो कम्पनीको भारतीय इकाइ हुन्डाई मोटर्स इन्डिया लिमिटेड बिक्रीको हिसाबले भारतीय बजारमा दोस्रो स्थानमा छ। मारुती सुजुकी इन्डिया पहिलो स्थानमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS