IME Life New

तीन वर्षपछि भेनेजुएलाबाट सस्तोमा कच्चा तेल आयात गर्दै भारत, पेट्रोल र डिजेलको भाउ घट्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष अप्रिलदेखि छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन। तर, यो अवस्था चाँडै परिवर्तन हुन सक्छ। किनकि भारतले ३ वर्षपछि भेनेजुएलाबाट सस्तोमा कच्चा तेल आयात गर्न लागेको छ।

अमेरिकाले यस ल्याटिन अमेरिकी देशमाथि तेल निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ। योसँगै भारतलाई भेनेजुएलाबाट कच्चा तेल आयात गर्ने बाटो खुलेको हो । भारतको रिलायन्स इन्डस्ट्रिजले भेनेजुएलाबाट ३ वटा ट्यांकर कच्चा तेल बुक गर्दैछ। जुन डिसेम्बर र जनवरी २०२४ मा आपूर्ति गरिनेछ।

Esewa
Crest

अमेरिकाले सन् २०१९ मा भेनेजुएलामाथि कच्चा तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतले त्यहाँबाट कच्चा तेल आयात गर्न बन्द गरेको थियो । भेनेजुएलामाथि प्रतिबन्ध लगाउनुअघि रिलायन्स र नायरा इनर्जीले त्यहाँबाट नियमित रुपमा तेल किन्ने गर्दथे।

कमोडिटी मार्केट एनालिटिक्स फर्म केप्लरको तथ्यांकअनुसार भारतले पछिल्लोपटक भेनेजुएलाबाट नोभेम्बर २०२० मा कच्चा तेल आयात गरेको थियो। सन् २०१९ मा भेनेजुएला भारतका लागि पाँचौँ ठूलो आपूर्तिकर्ता थियो। त्यो वर्ष भारतले त्यहाँबाट १ करोड ६० लाख टन कच्चा तेल आयात गरेको थियो।

भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ। अक्टोबरमा अमेरिकाले भेनेजुएलामाथि लगाइएको प्रतिबन्ध खुकुलो पारेको थियो । भेनेजुएलाले अब ६ महिनाका लागि कुनै पनि सीमा बिना कच्चा तेल निर्यात गर्न सक्नेछ। यो देश तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकको सदस्य हो।

रिलायन्सले तीन सुपर ट्यांकर बुक गरेको छ । यी प्रत्येक ट्यांकरले २ लाख ७० हजार टन कच्चा तेल बोक्न सक्छ। दुईवटा ट्यांकर अर्को साता भारत आइपुग्नेछन् भने एउटा जनवरीको सुरुमा आइपुग्नेछ।

हाल भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले भारत भेनेजुएलाबाट सस्तोमा तेल किन्न इच्छुक रहेको बताएका थिए। भेनेजुएलाबाट सस्तोमा कच्चा तेल आपूर्ति गरेकोमा भारतमा पेट्रोल र डिजेलको मूल्य पनि घट्नेछ। यसको प्रभाव नेपाली बजारमा पनि पर्नेछ। किनकि भारतबाट नेपालले इन्धन आपूर्ति गर्ने भएकोले भाउ घट्ने सम्भावना रहन्छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS