IME Life New

तीन कोषको सम्पत्ति शुद्धीकरणमा राष्ट्र बैंकले ल्यायो यस्ता प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले तीन कोषको सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था ल्याएको छ।

राष्ट्र बैंकले सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था ल्याएको हो। अब सोहीअनुसार गर्न तीनवटै कोषलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

Esewa
Crest

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष (यसपछि यस निर्देशनमा “संस्था” भनिएको) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण –मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (यसपछि यस निर्देशनमा “ऐन” भनिएको) र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ (यसपछि यस निर्देशनमा “नियमावली” भनिएको) मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न मन्त्रिपरिषदको निर्णयबमोजिम देहायबमोजिमको निर्देशन जारी गरिएको राष्ट्र बैंकले प्रस्ट पारेको छ।

अब तीनवटै कोषले ऐनको दफा ७ क. र नियमावलीको नियम ४ तथा नियम ५ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्नेछ। ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछ।

यसैगरी राष्ट्र बैंकले ल्याएको व्यवस्थाअनुसार ऐनको परिच्छेद ६ख. बमोजिम प्रकाशन गरिएको सूची तथा नियमावलीको नियम ६९ बमोजिम गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए नभएको नियमित रुपमा यकीन गरी आदेशानुसारको कार्य गर्नुपर्नेछ।

सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता वा अन्य कुनै रकम संस्थासँग रहेको भएमा तत्काल रोक्का राखी नियमावलीको अनुसूची १० बमोजिमको ढाँचामा यस बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ र सोको एक प्रति राष्ट्र बैंकको वित्तीय जानकारी इकाइलाई समेत उपलब्ध गराउनुपर्नेछ।

EPF-CIT-SSF-AML_CFT-publish-2

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS