IME Life New

तिनाउ मिसन डेभलपमेन्ट बैंकको विशेष साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको विशेष साधारण सभा आज हुँदैछ । बैंकको कार्तिक १७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा बैंकको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६.६७ प्रतिशत शेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो । संशोधनपछि संस्थापक समूहको ५३.३३ र सर्वसाधारण समूहको ४६.६७ प्रतिशत हुनेछ ।

Esewa
Crest

यसका साथै सभामा स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकता अनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त कार्तिक २६ गते, बुधबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसैले, कार्तिक २५ गते,मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS