IME Life New

तिनाउँ मिसन डेभलपमेन्ट बैंकको आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १९ करोड ६८ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ३८२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ करोड ७ लाख नाफा गरेको थियो । यस अवधिमा बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड छ भने ४१ करोड ४५ लाख रिजर्भमा रहेको छ।

यस अवधिमा बैंकले ५२ प्रतिशतले बढाएर १६ अर्ब ५ करोड निक्षेप आर्जन गरेको छ भने ३९ प्रतिशतले बढाएर १२ अर्ब ३३ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्ष बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी करिब २०० प्रतिशतले बढेर ६५ करोड ३० लाख आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकको खुद ब्याज आम्दानी २१ करोड ७९ लाख थियो।

Esewa
Crest

गत आर्थिक बर्षको बैंकसंग वितरयोग्य मुनाफा ११ करोड २९ लाख रहेको छ। नेपाल कम्युनिटी डेभलपमेन्टसँगको मर्जरले कोरोनाले सृजना गरेको कठिन परिस्थितिमा पनि तिनाउँको ब्यालेन्ससिटमा उल्लेख्य प्रगति देखिएको हो।

त्यस्तै बैंकको खराब कर्जा अनुपात ०.३४ प्रतिशतबाट बढेर १.५३ प्रतिशत पुगेको छ। त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ ८५ पैसा, प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS