IME Life New

ताइवानमा विनाशकारी भूकम्पबाट ३ अर्ब भन्दा बढीको बीमा दाबी, ३८ प्रतिशत घरको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियाली मुलुक ताइवानमा अप्रिल ३ मा गएको भूकम्पबाट २ करोड ३५ लाख अमेरिकी डलर (३ अर्ब १५ करोड १९ लाख रुपैयाँ) बराबरको क्षतिपूर्ती दाबी गरिएको छ। ताइवान आवासयीय भूकम्प कोषका अनुसार अप्रिल ८ तारेखसम्म प्राप्त विवरण अनुसार ४७२ वटा दाबी अन्तर्गत यति ठूलो रकमको दाबी परेको हो ।

गाय कारपेन्टर एण्ड कम्पनीले सार्वजनिक गरेको  ‘पोस्ट-इभेन्ट रिपोर्ट – हुआलियन ताइवान भूकम्प’ शीर्षकको प्रतिवेदनमा, आवासीय क्षति बीमा कोषद्वारा बहन गर्ने र व्यवसायीक जोखिमको क्षति निजी बीमा कम्पनीले व्यहोर्ने उल्लेख छ।

Esewa
Crest

अप्रिल ३ मा ताइवानमा २५ वर्ष यताकै ठूलो भूकम्प गएको थियो । कम्तिमा १६ व्यक्तिको मृत्यु भएको थियो र ११५५ जना घाइते भएका थिए। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको रेक्टर स्केलमा ७.४ रेक्टर स्केल थियो । स्थानीय समय अनुसार बिहान ८ बजे ताइवानको पूर्वी तटमा रहेको भूकम्पको जोखिममा रहेको पहाडी सहर हुआलियनमा यो प्रहार भएको हो ।

ताइवानका करिब ९३ लाख आवासीय भवनमध्ये करिब ३५ लाख २० हजार घरको भूकम्प बीमा गरिएको छ। ताइवान आवासीय भूकम्प बीमा कोषको तथ्याङ्क अनुसार, औसत बीमा कवरेज दर ३७.९२ प्रतिशत छ। ती मध्ये, सबैभन्दा उच्च बीमा दर ताइवान शहर, छिमेकी न्यू ताइपेई शहरमा ४६.३६ प्रतिशत छ।

सन् १९९९ को भूकम्पपछि ताइवानमा आवासीय भूकम्प बीमालाई बलियो बनाइएको छ। प्रायः सबै बैंकहरूले ऋणीहरूले घर ऋणको लागि गृह बीमा गर्नु अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS