IME Life New

तलब नबढाएको भन्दै गणपति लघुवित्तका शाखा प्रमुखहरुको सामुहिक राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गणपति लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरुले तलब तथा सेवा सुविधा नबढाएको भन्दै सामुहिक राजिनामा दिएका छन् । लघुवित्तको कर्मचारी विनियमावली अनुसार हरेक दुई/दुई वर्षमा तलब तथा सेवा सुविधा बढाउनु पर्ने व्यवस्था छ । सोहि अनुसार साउनको पहिलो सातामा तलब सुविधा बढाउने निर्णय नगरेपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।

शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिए सँगै संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापनले नियम अनुसार तलब तथा सेवा सुविधा बढाउनका लागि बैठक बसिरहेको मानव संसाधन तथा प्रशासन विभाग प्रमुख प्रभु राज थापाले जानकारी दिए ।

Esewa
Crest

शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिए संगै  संस्थाको बोर्डले यसका लागि आवश्यक प्रकृयाँ अगाडि बढाउन निर्देशन दिइसकेको छ । उनले भने ‘साथिहरुले आवेगमा आएर यस्तो नगर्नु भएको भए पनि हुने थियो । नियम अनुसार संस्थाले गर्ने काम गरिहाल्छ ।’

कर्मचारीहरुले तलब सुविधाका साथै स्वास्थ्य  बीमाको लागि पनि माग गरेका छन् । शाखा प्रमुखहरुले कोभिड १९ को महामारीको समयमा पनि गाउँ गाउँमा गएर काम गरेको तर संस्थाले भने आफ्नो सेवा सुविधाका विषयमा हेर विचार नगरेको भन्दै उनिहरु आन्दोलमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS