IME Life New

तपाई कुन बैंकको एटिएम बोक्नुहुन्छ ? यी हुन सिष्टम ह्याक भएका १८ बैंक (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शनिबार राति ह्याकरहरुले नेपालका १८ वटा बैंकले नेवर्किङमार्फत भिषा कार्ड र डेबिट कार्ड प्रयोग गर्ने सर्भर ह्याक गरेर करोडौं रुपैयाँ लूटपाट गरेका छन् । सर्भर ह्याक गरेपछि उनीहरुले मास्टर एटिएम प्रयोग गरी दर्जनौं एटिएम बुथबाट करोडौं रुपैयाँ झिकेका छन् । जसमध्ये छ जना एक करोड ३६ लाख रुपैयाँ सहित रंगेहात पक्राउ परे भने अन्य कति रकम झिकियो भन्ने एकि हुन सकेको छैन । सर्भर ह्याक गरेपछि एटिएम बुथहरुबाट खुलेआम रकम निकाल्न सफल भएका थिए ।

नेप्स नामक संस्थामा आबद्ध भएका बैंकहरुको सर्भर ह्याक भएको हो । सोही सफ्ट कम्पनीले कार्ड बिक्री पश्चात एक्सेस दिएको सिष्टम ह्याक भएको प्रारम्भिक अनुमान छ ।

Esewa
Crest

नेप्सका एक अधिकारीका अनुसार सो संस्थामा आबद्ध सबै बैंक तथा वित्तीय संस्थाको सिष्टम ह्याक भएको थियो ।
नेप्समा आबद्ध सिष्टम ह्याक भएका बैंकहरु
१) प्रभु बैंक,
२) सनराईज बैंक,
३) माछापुच्छ्रे बैंक,
४) जनता बैंक,
५) सिद्धार्थ बैंक,
६) सिटिजन्स बैंक,
७) एनआईसी एसिया बैंक,
८) बैंक अफ काठमाडौं,
९) प्राईम बैंक,
१०) नेपाल बंगलादेश बैंक
११० ग्लोबल आईएमई बैंक
१२) लुम्बिनी विकास बैंक
१३) एक्सेल विकास बैंक
१४) सांग्रिला विकास बैंक
१५) देव विकास बैंक
१६) ज्योति विकास बैंक
१७) ओम डेभलपमेन्ट बैंक
१८) शाइन रेसुंगा विकास बैंक

उल्लेखित ११ वटा बाणिज्य बैंक तथा सात वटा विकास बैंकले नेप्सकै सर्भरबाट एटिएम कार्डको होस्टिम तथा डाउन लिङ सेवा लिँदै आएका थिए । उल्लेखि बैंकहरुको सिष्टम ह्याक भएको हो । यद्यपि सर्वसधारणको खाताबाट रकम चोरिएको हो होइन भन्ने खुल्न सकेको छैन । यसअघि व्यक्तिगत विवरण चोरी गरेर एटिएमबाट रकम चोरी हुने गरेकोमा यस पटक भिषा र डेबिट कार्डको सिष्टम नै ह्याक गरेर बैंकको सिष्टमबाट रकम निकालेको अनुमान गरिएको छ । सो सम्बन्धमा महानगरीय प्रहरी परिसर टेकुले आजै अपरान्ह पत्रकार सम्मेलन गरी जानकारी दिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS