IME Life New

डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कलाई बनाए ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’को प्रमुख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याबिनेटमा महत्वपूर्ण पद नियुक्त गर्दैछन्। उनले अमेरिकी रक्षामन्त्री, सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) प्रमुख र ह्वाइट हाउस काउन्सिलमा नियुक्त गरेका छन्।

भारतीय मूलका विवेक रामास्वामी र विश्वकै धनीव्यक्ति एलन मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्टको जिम्मेवारी दिइएको छ। दुवैको नियुक्तिमा ट्रम्पले भने, ‘यी दुई उत्कृष्ट अमेरिकीले सरकारी नोकरशाही हटाउन, फोहोर कम गर्न र संघीय एजेन्सीको पुनर्गठन गर्न सँगै काम गर्नेछन्। यो सेभ अमेरिका आन्दोलनको लागि महत्त्वपूर्ण छ।’

Esewa
Crest

ट्रम्पले रक्षामन्त्रीको जिम्मेवारी पिट हेगलाई, जोन रयाटिक्लफलाई सीआईए प्रमुख र विलियम जोसेफ म्याकगाइललाई ह्वाइट हाउसका सल्लाहकारको जिम्मेवारी दिएका छन् । पीट हेगेसा पूर्वसेना अधिकारी र दुई सैनिकको वकालत समूहका पूर्वप्रमुख हुन्। हाल उनी फक्स न्युजको होस्ट छन्।

हेगेसाको नियुक्तिमा ट्रम्पले भने, ‘पिट अमेरिका फर्स्ट नीतिमा विश्वास गर्ने कडा, बुद्धिमान व्यक्ति हुन्। पेटको नेतृत्वमा अमेरिकाका शत्रुहरुलाई चेतावनी दिइएको छ कि हाम्रो सेना फेरि बलियो हुनेछ र अमेरिका कहिल्यै पछि हट्ने छैन।’

नयाँ सीआईए प्रमुखका बारेमा ट्रम्पले भने, ‘जोन रयाक्लिफले अमेरिकी जनताका लागि सधैँ सत्य र इमान्दारीका साथ काम गरेका छन्।’ उनी अमेरिकाको नेसनल इन्टेलिजेन्सका पूर्व नर्देशक थिए।

ह्वाइट हाउस काउन्सिलको नियुक्तिमा ट्रम्पले भने, ‘विलियम जोसेफ म्याकगिन्ले एक स्मार्ट र दृढ वकिल हुन्। उनले अमेरिका फर्स्ट नीतिलाई अगाडि बढाउनेछन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS