IME Life New

डोनाल्ड ट्रम्पलाई विश्वकै धनीव्यक्तिको साथ, दिए ७.५ करोड डलर चन्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर चन्दा गरेका छन्।

अमेरिकाको सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो । सरकारी अनुसन्धानमा खुलासा भएको जानकारीअनुसार एलन मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई ३ महिनामा करिब ७ करोड ५० लाख डलर दिएको छ।

Esewa
Crest

एलन मस्कले जुलाईमा आक्रमणपछि ट्रम्पलाई औपचारिक रुपमा समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ।

हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको ¥यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो।

अमेरिकी राष्ट्रपतीय चुनाव नोभेम्बरमा हुन लागेको छ। जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।

रिपब्लिकन पार्टीले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS