IME Life New

डोनाल्ड ट्रम्पमाथि लगायो दाउ एलन मस्कलाई फाप्यो, एकैदिन २६.५ अर्ब डलरले बढ्यो सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले ट्रम्पको पक्षमा प्रचारप्रसार गरेका थिए। उनले ट्रम्प क्याम्पलाई ११ करोड ९० लाख डलर पनि दिएका थिए।

बुधबार अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउनेबित्तिकै मस्कको कम्पनी टेस्लाको शेयर १४.७५ प्रतिशतले बढेको छ। यसले मस्कको कुल सम्पत्ति २६.५ अर्ब डलरले बढेको छ। अर्थात् मस्कले एकैदिनमा आफ्नो लगानीको २२ हजार ५४४ प्रतिशत प्रतिफल पाएका छन्।

Esewa
Crest

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति २९० अर्ब डलर पुगेको छ। यो वर्ष उनको कुल सम्पत्ति ६१.३ अर्ब डलरले बढेको छ।

मस्कसँग टेस्लाको ४१ करोड १० कित्ता शेयर छ। बुधबार कम्पनीको शेयरभाउ १४.७५ प्रतिशतले बढेर २८८.५३ डलरमा बन्द भएको छ। योसँगै कम्पनी शेयरमूल्य २ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। टेस्ला ९२६.१९ अर्ब डलरको बजार पुँजीकरण साथ विश्वको १० औँ सबैभन्दा मूल्यवान कम्पनी हो।

अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ पनि बुधबार ७.१४ अर्ब डलरले बढेको छ। उनी २२८ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा दोस्रो स्थानमा छन्। फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०२ अर्ब डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१९३ अर्ब डलर) चौथो स्थानमा र बर्नार्ड अर्नाल्ट (१७३ अर्ब डलर) पाँचौँ स्थानमा छन्। यो सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५९ अर्ब डलर) छैटौँ, ल्यारी पेज (१५८ अर्ब डलर) सातौँ, सर्गे ब्रिन (१४९ अर्ब डलर) आठौँ, वारेन बफेट (१४८ अर्ब डलर) नवौँ र स्टिभ बाल्मर (१४६ अर्ब डलर) दसौँ नम्बरमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS