IME Life New

डोनाल्ड ट्रम्पको पक्षमा भोट किन्ने एलन मस्कको अभियान विवादमा, ५ वर्ष जेल हुन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर लागेका विश्वकै धनीव्यक्ति एलन मस्कलाई जेल सजाय हुन सक्ने देखिएको छ। डोनाल्ड ट्रम्पको पक्षमा भोट किन्ने अभियान चलाएसँगै मस्कलाई जेल सजाय हुन सक्ने देखिएको हो।

राष्ट्रपतिका उम्मेदवार ट्रम्पलाई मतदान गर्न मस्कले ‘अमेरिका पीएसी’ अभियान नै चलाएका छन्। यो अभियानअन्तर्गत मस्कले ट्रम्पलाई भोट हाल्न दर्ता हुन आउने मतदातामध्ये एकजनालाई दैनिक १० लाख डलर दिने घोषणा गरेका छन्।

Esewa
Crest

मस्कले यो अभियानअन्तर्गत विजेता मतदाताको नाम गोलाप्रथाबाट छान्न थालेका छन्। जसअन्तर्गत शनिबार र आइतबार पेन्सिलभेनियामा अभियानमा दर्ता भएका एक–एकजना मतदातालाई १० लाख डलरबराबरको चेक हस्तान्तरण गरिएको छ।

पेन्सिलभेनियाका गभर्नर जोस साप्रियोले मस्कको यो अभियानमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसका समर्थक हुन्।

मस्कले यो अभियान पेन्सिलभेनियाका साथै जर्जिया, नेभेडा, अरिजोना, मिचिगान, विस्किन्सिन र नर्थ कारोलिनालगायतका राज्यमा चलाएका छन्। यी सबै अमेरिकी राष्ट्रपतीय निर्वाचनको निर्णय क्षेत्र मानिन्छन्।

निर्वाचन कानुनविद रिक हासिनले आफ्नो व्यक्तिगत ब्लगमा लेखेका छन्, ‘मस्कको यो अभियान नितान्त गैरकानुनी रहेको छ।’

अमेरिकाको संघीय कानुनले कुनै पनि व्यक्तिले मतदानका लागि पैसा दिन र कुनै पनि व्यक्तिले मतदान गरेबापत पैसा लिन बन्देज लगाएको छ। यदि यस्तो गैरकानुनी काम कसैले गरेमा उसलाई १० हजार डलर जरिवाना वा ५ वर्षसम्म जेल सजाय हुन सक्छ।

मस्कले मतदातालाई ट्रम्पको पक्षमा मतदान गर्न एउटा फाराममा हस्ताक्षर गराइरहेका छन्। ‘यो मस्कको कस्तो रणनीति हो ? जुन सरासर गैरकानुनी छ’, हासिनले लेखेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS