IME Life New

डेपुटी गभर्नरमा चार जनाको नाम सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गभर्नर अधिकारी महाप्रसाद अधिकारीले रिक्त रहेको डेपुटी गभर्नर पदका लागि चार जनाको नाम सिफारिस गरेका छन्। अधिकारीले डा. निलम ढुङ्गाना तिम्सिना, देव कुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको नाम सिफारिस गरेका हुन्।

फागुन १९ गतेदेखि दुई डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ अवकास भएका थिए। दुबै जना एकैदिन अवकास भए पछि अधिकारीले अर्थमन्त्रालयमा सिफारिस गरेका हुन्। नियम अनुसार गभर्नरले सिफारिस गरेको नाम मध्ये दुई जनालाई डेपुटी गभर्नरका लागि अर्थमन्त्रीले मन्त्रिपरिषदमा पेश गर्ने छन्।

Esewa
Crest

हाल तिम्सिना नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेकी छिन्। त्यस्तै देव कुमार ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन्। भट्ट अनुसन्धान विभागका प्रमुख छन् भने श्रेष्ठ माइक्रोफाइनान्स सुपरभिजन विभागमा कार्यरत छन्। श्रेष्ठ अर्थमन्त्री बिष्णु प्रसाद पौडेलका आर्थिक सल्लाहकार पनि हुन्।

यदि डा. निलम ढुङ्गाना तिम्सिना डेपुटी गभर्नर पदका लागि सिफारिस भएमा नेपालको इतिहासमै उनि पहिलो डेपुटी गभर्नर हुने छिन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS