IME Life New

डेढ अर्ब कित्ता शेयर बेच्ने विश्वकै ठूलो तेल उत्पादक कम्पनीको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले १ अर्ब ५० करोड कित्ता शेयर बेच्ने घोषणा गरेको छ। यो शेयर बेचेर कम्पनीले १३ अर्ब डलर बढी रकम जुटाउने योजना बनाएको छ।

अरामकोले बिहीबार विज्ञप्ति जारी गर्दै सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) का लागि १ अर्ब ५० करोड ४५ लाख शेयर बेच्ने घोषणा गरेको छ। जुन ०.७ प्रतिशत हिस्सा हो। बिक्री मूल्य प्रतिशेयर २६.७ रियालदेखि २९ रियालसम्म हुन सक्ने बताइएको छ।

Esewa
Crest

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ। डिसेम्बर २०१९ मा जारी आइपीओपछि कम्पनीको यो दोस्रो सूचीकरण हो।

कम्पनीले आइपीओ बिक्री गरेर सन् २०१९ मा करिब २९ अर्ब ४० लाख डलर रुपैयाँ उठाएको थियो। यो इतिहासकै सबैभन्दा ठूलो आइपीओ हो।

बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत शेयर साउदी सरकारको स्वामित्वमा थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS