IME Life New

डीफेक प्रकरणः एउटा भिडियो कलले कम्पनीलाई लाग्यो २.५ करोड डलरको झट्का, सीएफओदेखि कर्मचारीसम्म सबै नक्कली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डीपफेक मानिसलाई बदनाम गर्नमात्र प्रयोग भइरहेको छैन। बरु यसको प्रयोग गरेर सर्वसाधारण र कम्पनीहरु पनि ठगिन थालेका छन्।

यस्तै एउटा घटना सार्वजनिक भएको छ। जुन हङकङको हो। यस डीपफेक घोटालामा एक बहुराष्ट्रिय कम्पनीले २ करोड ५० लाख डलर गुमाएको छ। डीपफेक स्क्यामबाट कम्पनी ठगिएको यो पहिलो घटना हो। जसमा कुनै कम्पनीका धेरै कर्मचारीको डीपफेक भिडियो बनाइएको थियो। त्यसपछि उक्त कम्पनीका कर्मचारीलाई निशाना बनाएर ठगी गरिएको थियो।

Esewa
Crest

यस अवस्थामा घोटालाकर्ताहरुले कम्पनीको हङकङ शाखाका कर्मचारीलाई पीडित बनाउन डीपफेक प्रयोग गरेका छन्। यसका लागि उनीहरुले कम्पनीका प्रमुख वित्त अधिकृत र अन्य धेरै कर्मचारीको डीपफेक भिडियो बनाए। त्यसपछि कम्पनीका कर्मचारीहरुलाई भिडियो कन्फ्रेन्समा सामेल गरिएको थियो। जसमा उनीहरुलाई पैसा ट्रान्सफर गर्न भनिएको थियो।

यस भिडियो कलमा पीडितबाहेक सबै कर्मचारी नक्कली थिए। यसको मतलब सबैको डीपफेक अवतार यसमा उपस्थित थियो। यसका लागि घोटाला गर्नेहरुले सार्वजनिक प्लेटफर्ममा उपलब्ध भिडियो र अन्य फुटेज प्रयोग गरे। ता कि बैठकमा उपस्थित प्रत्येक व्यक्ति वास्तविक देखिऊन्।

अहिले यस विषयमा हङकङ प्रहरीले अनुसन्धान गरिरहेको छ। हङकङमा यति ठूलो घोटाला भएको यो पहिलो घटना भएको प्रहरीको भनाइ छ। यस मामिलामा प्रहरीले कम्पनी र कर्मचारीका बारेमा कुनै जानकारी दिएको छैन। डीपफेक टेक्नोलोजी केही समयदेखि चर्चामा छ।

हङकङमा भएको यो ठगीबारे कम्पनीको वित्त विभागले प्रहरीलाई जानकारी दिएको थियो। प्रहरीका अनुसार ठगीको सिकार भएका कर्मचारीले भिडियो कलका क्रममा दिइएको निर्देशनलाई पछ्याएका थिए। उनीहरुले विभिन्न ५ वटा बैंक खातामा १५ वटा कारोबार गरी २० करोड हङकङ डलर ट्रान्सफर गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS