IME Life New

डिप्रोक्स लघुवित्तको नाफा घट्दा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १५.८३ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ । जगेडा कोष २८.५० प्रतिशत बढेको छ। लघुवित्तको सापटी ५.१३ प्रतिशत, निक्षेप २२.४९ प्रतिशत र कर्जा १५.८२ प्रतिशत बढेको छ।

Esewa
Crest

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ दशमलव ४७ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी २ दशमलव ४२ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २३ दशमलव ४० प्रतिशत बढेको छ। समिक्षा अवधिमा ७ करोड ८ लाख १२ हजार रुपैयाँ मात्र खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा घटेर ४१ रुपैयाँ ९१ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.९१ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS