IME Life New

डिडिएका क्रममा अनियमितता भेटिएपछि एचडिएफसी लाइफलाई भारू २ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी एचडीएफसी लाइफको विस्तृत लेखा परिक्षणका क्रममा अनियमितता फेला परेपछि भारतीय बीमा नियामक र विकास प्राधिकरणले  २ करोड भारतीय रूपैयाँ(३ करोड २० लाख नेपाली रूपैयाँ) जरिवाना गरेको छ।

एचडिएफसीले बिहीबार भारतीय धितोपत्र बजारमा यसबारेमा लिखितरूपमा जानकारी गराएपछि यो तथ्य प्रकाशमा आएको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। उक्त अनलाइन समाचार संस्थाका अनुसार नियामकले बीमितको हित संरक्षणका लागि १ करोड भारतीय रूपैयाँ र कम्पनीको आउटसोर्सिङ कारोबारमा भएको अनियमितताका लागि थप १ करोड भारतीय रूपैयाँ समेत जम्मा २ करोड भारू जरिवाना गरेको हो।

Esewa
Crest

कम्पनीले बीमितको हित उलंघन गरेको र कम्पनीका सेवाको आउटसोर्सिङका केही आपूर्तीकर्ताहरू र बीमा व्यवसायको लागि कमिशन, पारिश्रमिक वा पुरस्कारको भुक्तानीको सम्बन्धमा नगद  जरिवाना गरेको धितोपत्र बजारमा गराइएको जानकारीमा उल्लेख छ।

आउटसोर्सिङ भनेको कम्पनीले प्रवाह गर्ने सेवा आफ्नै जनशक्तिमार्फत नगरी अन्य कुनै संस्था वा व्यक्तिलाई जिम्मा दिने अभ्यास हो । जनशक्तिको संख्या र लागत कटाैती गर्न तथा जनशक्ति व्यवस्थापनको कानूनी झण्झटबाट जोगिनका लागि आउटसोर्सिङ रोजाइमा पर्ने गरेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०१७-१८, २०१८-१९ र २०१९-२० को कारोबार तथा लेखा सम्बन्धमा सेप्टेम्बर २०२० मा प्राधिकरणले स्थलगत अध्ययन गरेको थियो । नगद जरिवानाका अतिरिक्त बीमा नियामकले एचडिएफसीलाई सुधारका लागि अतिरिक्त निर्देशनहरू समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS