IME Life New

डिजिटल भुक्तानीमा नि:शुल्क व्यवस्था हट्यो, बैंकहरुले शुल्क लिन थाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउन अवधीभर मोबाईल तथा डिजिटल माध्यमबाट भुक्तानी गर्दा कुनै पनि शुल्न नलाग्ने व्यवस्था आजबाट हटेको छ । बैंक तथा विद्युतीय भुक्तानीका माध्यमहरुले आजबाट एक बैंकबाट अर्को बैंकमा रकमान्तर गर्दा शुल्क लिन थालेका हुन् । बैंकहरुले न्यूनतम २० रुपैयाँदेखि माथि करोबार अनुसार कर लिन थालेका छन् ।

विभिन्न बैंकहरुले शुल्क लिएर कारोबार गर्न थालेका हुन् । रकम पठाउँदा पहिलो नै शुल्क तोकेर लिन सुरु गरेका छन् । उपभोक्ताहरुले आर्थिक कारोबार सारै महंगो भएको गुनासो गर्न थालेका छन् ।

Esewa
Crest

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख रेवती प्रसाद नेपालले बैंकहरुले शुल्क उठाएको कुरा नोटिसमा आएको बताउँदै बैंकहरुको आन्तरिक विषय भएको प्रतिक्रिया दिए । उनले भने, ‘राष्ट्र बैंकले ऋणको ब्याजमा जरिवना मात्रै नलिनु भनेर लिखित रुपमा निर्देशन दिएको हो, फण्ड ट्रान्सफरमा कुनै लिखित निर्देशन दिएको थिएन ।’ उनले अन्तर बैंक फण्ड ट्रान्सफरमा स्वीकृति लिनुपर्ने व्यवस्था नरहेको बताउँदै बैंकहरु सेवा शुल्क लिन स्वतन्त्र भएको प्रतिक्रिया दिए । लकडाउनका कारण बैंकका काउन्टर खोल्न नसक्दा मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट रकमान्तर गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेकोमा पछिल्लो समय लकडाउन खुकुलो हुँदै गएको भन्दै कर लिन थालेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS