IME Life New

डिजिटल बैंकिङ मार्फत कारोबार गर्न बैकर्स संघको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कोभिड – १९ को दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यका लगायत देशका अन्य ठाँउहरुमा समेत निषेधाज्ञा जारी गरेको परिप्रेक्षमा कोभिड–१९ को प्रभाबवाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि डिजिटल बैंकिङ्ग कारोबार गर्दा नेपाल बैंकर्स संघले अनुरोध गरेको छ ।

सम्भब भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न संघले अनुरोध गरेको हो । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन समेत संघले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

Esewa
Crest

निषेधाज्ञामा पनि बैंकका शाखा तथा उपशाखाहरु खुल्ला नै रहने भएकोले इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गरेर समस्या समाधान गर्न सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS