IME Life New

ट्रम्प प्रशासनको अवरोधका बाबजुद सन् २०२५ मा हवाई सेवा सस्तो हुने आइकाओको अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ मा विश्व नागरिक हवाई उड्ययन तथा मालसामान ढुवानीको कारोबारको आकार ४.४ प्रतिशतले वृद्धि भएर १ खर्ब डलर नाघ्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्ययन संघ(आइकाओ) का अनुसार यसको ७० प्रतिशत हिस्सा अर्थात ७०५ अर्ब अमेरिकी डलर राजश्व यात्रु सेवाबाट प्राप्त हुनेछ । यसबाहेक सहायक सेवाहरु जस्तै सिट रोजाइ शुल्क, अतिरिक्त सुविधा शुल्कलगायतबाट १४५ अर्ब अमेरिकी डलर राजश्व प्राप्त हुने अनुमान गरिएको छ।

आइकाओका अनुसार औसत हवाई टिकटको औसत मूल्य, सहायक शुल्कसहित सन् २०२५ मा ३८० अमेरिकी डलर पुग्ने अनुमान छ। यो रकम सन् २०२४ भन्दा १.८% कम हो। मुद्रास्फीतिलाई ध्यानमा राख्दा यो २०१४ को तुलनामा ४४% ले कम हो। जसले उद्योगले ग्राहकलाई अझ बढी बचत हस्तान्तरण गर्न खोजिरहेको देखाउँछ।

Esewa
Crest

यात्रुहरुको मागमा उल्लेखनीय वृद्धि हुने देखिएको छ। २०२५ मा यात्रु किलोमिटरको माग ८% ले बढ्नेछ भने सिट क्षमतामा ७.१% विस्तार हुनेछ। उडानहरुको संख्या ४ करोड पुग्नेछ। जसले यात्रुको औसत लोड कारकलाई ८३.४% मा पुर्याउनेछ।

सर्वेक्षणहरुले यात्रुहरुको यात्रा गर्ने उत्साह सकारात्मक देखाउँछ। ४१% ले २०२५ मा बढी यात्रा गर्ने अपेक्षा गरेका छन्। जब कि ४७% ले आफ्नो यात्रा खर्च बढाउने योजना बनाएका छन्।

कार्गो क्षेत्र पनि राम्रो देखिएको छ। ई–कमर्सको वृद्धि र समुद्री मार्गका राजनीतिक समस्याहरुले हवाई कार्गोको मागलाई बलियो बनाउँदै ४१५७ अर्ब आम्दानीको सम्भावना देखाएको छ।

खर्चको अवस्था

सन् २०२५ मा एयरलाइन्स उद्योगको कुल खर्च ९४० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ।

इन्धनबाहेकका खर्चः हवाई सेवामा श्रम सबैभन्दा ठूलो लागतको हिस्सा हो। सन् २०२५ मा श्रम खर्च २५३ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। जुन २०२४ भन्दा ७.६% बढी हो। उद्योगले ४% थप कर्मचारी नियुक्त गर्ने योजना बनाएको छ।

इन्धन खर्चहरुः जेट इन्धनको मूल्यमा केही राहत हुने देखिएको छ। सन् २०२५ मा ईन्धनको औसत मूल्य ८७ अमेरिकी डलर प्रतिब्यारेल पुग्ने अनुमान छ। जुन २०२४ को तुलनामा कम हो। यसले कुल इन्धन खर्च २४८ अर्ब अमेरिकी डलरसम्म झर्नेछ।

दिगो उड्डयन इन्धन र कार्बन क्रेडिटजस्ता नयाँ उपायले सन् २०२५ मा लगभग ५ अर्ब अमेरिकी डलर थप लागत ल्याउनेछन्।

आइकाओका अनुसार आउँदो वर्ष वायु सेवा उद्योगले केही ठूला चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ।

संघर्ष र द्वन्द्वः युरोप र मध्यपूर्वमा जारी युद्धले हवाई यात्रा क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्छ। यी द्वन्द्व समाधान भएमा विशेषगरी रुस–युक्रेन युद्ध, उद्योगमा सकारात्मक सुधार देखिन सक्छ।

अमेरिकामा नयाँ प्रशासनः ट्रम्प प्रशासनका नयाँ नीतिले व्यापारिक यात्रामा असर पुर्याउन सक्छन्। तर, यदि यसले उद्योगमैत्री नीतिहरुलाई निरन्तरता दियो भने सकारात्मक प्रभाव पनि पर्न सक्छ।

तेलको मूल्यः उद्योगको भविष्य कम तेल मूल्यमा निर्भर छ। यदि तेलको मूल्य पुनः उच्च भयो भने उद्योगका लागि ठूलो चुनौती खडा हुन सक्छ।

यी सबै पक्षहरुको बाबजुद वायु सेवा उद्योगले यात्रुहरुको सहजता, सेवा सुधार र लागत घटाउने उपायबाट आफूलाई सुदृढ गर्दै राम्रो भविष्यको तयारी गरेको देखिन्छ भन्दै आइकाओले भविष्य उज्ज्वल रहेको प्रक्षेपण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS