IME Life New

ट्रम्पले ल्याए ‘गोल्ड कार्ड’ योजना, अमेरिकी नागरिकता पाउन अब कति लाग्छ खर्च ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यतिबेला विश्वको नजर अमेरिकामा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को गर्दै चकित पार्ने निर्णय लिइरहेका छन्।

यसैबीच ट्रम्प सरकारले छिट्टै ‘गोल्ड कार्ड’ योजना सुरु गर्न लागेको खबर छ। यो योजना ग्रीन कार्डको लाइनमा हुनेछ तर यसले थप फाइदा पनि प्रदान गर्नेछ। यसले अमेरिकी नागरिकता पाउने बाटो पनि खुल्नेछ।

Esewa
Crest

ओभल अफिसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी चाँडै गोल्ड कार्ड बेच्न लागेका छौँ। यो ग्रीन कार्डजस्तै गोल्ड कार्ड हुनेछ। यसको मूल्य ५० लाख डलर हुनेछ। यस कार्डमार्फत ग्रीन कार्ड सुविधाहरुजस्तै लाभ प्राप्त गर्नुहुनेछ तर केही अतिरिक्त सुविधा पनि हुनेछन्।’

राष्ट्रपति ट्रम्पले यो योजना आगामी २ साताभित्र सुरु हुने र यसका लागि संसदको अनुमोदन पनि आवश्यक नपर्ने बताए। पत्रकार सम्मेलनमा के रुसका धनी अर्बपतिले पनि यो गोल्ड कार्डमार्फत अमेरिकी नागरिकता लिन सक्छन् भनेर सोधिएको प्रश्नको जबाफ दिँदै ट्रम्पले भने, ‘म केही रुसी अरबपतिलाई चिन्छु, जो धेरै राम्रा छन्। मलाई लाग्छ कि तिनीहरुले गोल्ड कार्ड प्राप्त गर्न सक्छन्।’

ट्रम्प प्रशासनका वाणिज्यमन्त्री हावर्ड लुटनिकले गोल्ड कार्ड वास्तवमा एक किसिमको ग्रीन कार्ड हुने बताए। ट्रम्पको यो नयाँ गोल्ड कार्ड योजनाले विद्यमान ईबी–५ योजनालाई प्रतिस्थापन गर्नेछ। यसबाट विदेशी लगानीकर्ताले अमेरिकी व्यवसायमा लगानी गरेर ग्रीन कार्ड प्राप्त गर्न सक्नेछन्। गोल्ड कार्डबाट प्राप्त हुने रकम सीधै सरकारमा जान सक्ने उनले बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS