IME Life New

टोयोटाको स्वामित्वमा रहेको दाइहात्सुले रोक्यो कार उत्पादन, सुरक्षा जाँचमा वर्षौंदेखि लापरबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टोयोटाको स्वामित्वमा रहेको जापानी अटोमेकर दाइहात्सुले ३० वर्षभन्दा बढी समयदेखि आफ्नो सवारीसाधनको सुरक्षा जाँचमा लापरबाही भएको स्वीकार गरेपछि घरेलु उत्पादन रोकेको छ।

साना कारहरु उत्पादन गर्नका लागि प्रख्यात ब्रान्डले मंगलबारसम्म जापानमा रहेका आफ्ना ४ वटा कारखानामा उत्पादन रोकेको छ। त्यसमा ओसाकाको मुख्यालय पनि रहेको कम्पनीका प्रवक्ताले बताएका छन्।

Esewa
Crest

ती कारखानाहरु कम्तीमा आउँदो जनवरीको अन्त्यसम्म बन्द रहेनछन्। घरेलु उत्पादनमा काम गर्ने करिब ९ हजार कर्मचारी यसबाट प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

टोयोटाले यो घटनाले कम्पनीको जग नै हल्लाएको जनाएको छ। गत हप्ता एउटा स्वतन्त्र तेस्रो पक्ष समितिले टोयोटा ब्रान्डअन्तर्गत बेचेकासहित ६४ वटा मोडेलका गाडीमा सुरक्षा जाँचमा लापबारही भएको प्रमाण फेला दाइहात्सुले घोषणा गरेको थियो। योसँगै अस्थायी रुपमा सबै आन्तरिक र अन्तर्राष्ट्रिय सवारीसाधन ढुवानी स्थगित गर्ने र अब कसरी अगाडि बढ्ने भन्नेबारे नियामकहरुसँग परामर्श गर्ने जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS