IME Life New

टेस्लाको शेयरभाउमा भारी गिरावट, एलन मस्कले एकैदिन गुमाए १८ अर्ब डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलन मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाको शेयरभाउ एकैदिन १२ प्रतिशत बढीले घटेको छ। योसँगै मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ।

टेस्लाको शेयरभाउ घट्नुको मुख्य कारण एलन मस्कको पछिल्लो अभिव्यक्ति रहेको छ। उनले विद्युतीय सवारीको मूल्यमा कटौती गरे पनि बिक्रीमा कमी बताएका थिए।

Esewa
Crest

टेस्लाको शेयरमा पछिल्लो १ वर्षमा यो सबैभन्दा ठूलो इन्ट्राडे गिरावट हो। जसका कारण बिहीबार टेस्लाको बजार पुँजीकरण ८० अर्ब डलरले घटेको छ। मस्कको सम्पत्तिमा भने १८ अर्ब डलरको गिरावट आएको छ।

मस्कले टेस्लाले सन् २०२५ को दोस्रो त्रैमाससम्ममा टेक्सासको कारखानामा सस्तो अर्को पुस्ताका विद्युतीय सवारीसाधन निर्माणमा ध्यान दिने बताएका थिए। ‘यस कारणले पनि ग्रोथ कम हुनेछ’, उनले भनेका थिए, ‘अत्याधुनिक प्रविधि समावेश भएकाले नयाँ मोडलको उत्पादन बढाउन चुनौतीपूर्ण हुनेछ।’

फोर्ब्स रियल टाइम बिलियनियर्सका अनुसार बिहीबार २०४.२ अर्ब डलरको सम्पत्ति भएको एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS