IME Life New

टेस्लाको भन्दा बिटक्वाइनको बजार पुँजीकरण दोब्बर, १६ देशको जीडीपीभन्दा चारगुणा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, लोकप्रिय र सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा फेरि उछाल आउन थालेको छ। एसियाली बजारमा सोमबारको प्रारम्भिक कारोबारमा बिटक्वाइनको भाउ ६३ हजार ५२३ डलर पुग्यो। बिटक्वाइनको हालसम्मकै उच्च भाउ भनेको ६८ हजार डलर रहेको छ। जुन नोभेम्बर २०२१ मा पुगेको छ।

सन् २०२२ मा बिटक्वाइनको भाउमा उल्लेख गिरावट आएको थियो। तर, अहिले नोभेम्बर २०२२ को स्तरबाट ३०० प्रतिशतले बढेको छ।

Esewa
Crest

मूल्य बढेसँगै बिटक्वाइनको बजार पुँजीकरण १.३ ट्रिलियन डलर पुगेको छ। जुन फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मबराबर हो। यो विश्वकै धनीव्यक्ति एलन मस्कको कम्पनी टेस्लाको दोब्बर र वालमार्टको तीनगुणा बढी हो।

बिटक्वाइनको बजार पुँजीकरण धेरै देशको जीडीपीभन्दा ठूलो छ। विश्वका १६ देशको जीडीपी बिटक्वाइनको बजार पुँजीकरण भन्दा बढी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS