IME Life New

टिकटकका मालिक बने चीनका सबैभन्दा धनीव्यक्ति, पहिला को थिए शीर्ष स्थानमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोसल मिडिया प्लेटफर्म टिकटकका मालिक झाङ यिमिङ चीनका सबैभन्दा धनीव्यक्ति बनेका छन्। विश्वमा रिल क्रान्ति ल्याउने टिकटकको माउ कम्पनी बाइटडान्स हो।

हुरुन चाइना रिच लिस्टका अनुसार यिमिङको सम्पत्ति यो वर्ष अहिलेसम्म ४३ प्रतिशतले बढिसकेको छ। उनको कुल सम्पत्ति ४९.३ अर्ब डलर रहेको छ। झाङले वर्ष २०२१ मा बाइटडान्सको मुख्य कार्यकारी अधिकारीबाट राजीनामा दिएका थिए।

Esewa
Crest

यिमिङले बोतल बन्द पानी उत्पादन गर्ने कम्पनीका मालिक झोङ शानशानलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन्। शानशानको सम्पत्ति यो वर्ष २४ प्रतिशतले घटेर ४७.९ अर्ब डलरमा खुम्चिएको छ।

कुनै बेला चीनका सबैभन्दा धनाढ्य व्यक्ति ज्याक माको सम्पत्ति ३ प्रतिशतले घटेको छ। उनको कुल सम्पत्ति २३.२ अर्ब डलर रहेको छ। हाल उनी चीनको धनाढ्यको सूचीमा १० औँ स्थानमा रहेका छन्।

बाइटडान्सको गत वर्षको आम्दानी ११० अर्ब डलर रहेको थियो। जुन रेकर्डस्तरमा थियो। यद्यपि कम्पनीले थुप्रैपटक अमेरिकी कानुनीको चुनौतीको सानाम गर्नुपरेको थियो। बाइटडान्स चीनको सबैभन्दा मूल्यवान ५०० कम्पनीको सूचीमा शीर्ष ५ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS