IME Life New

टाटा मोटर्सले घटायो इलेक्ट्रिक कारको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले आफ्ना इलेक्ट्रिक कारहरुको मूल्यमा भारी कटौती गरेको छ। कम्पनीले आफ्नो प्रसिद्ध इलेक्ट्रिक एसयूभी नेक्सन ईभीबाट इलेक्ट्रिक ह्याचब्याक टियागो ईभीसम्मको मूल्यमा १.२० लाख सम्मको कटौती गरेको छ।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीद्वारा जारी सूचनाअनुसार कम्पनीले आफ्नो सबैभन्दा विशेषतायुक्त इलेक्ट्रिक कार नेक्सन ईभीको मूल्य भारु १ लाख २० हजार रुपैयाँले घटाएको छ। अब ग्राहकले नेक्सन इलेक्ट्रिक बेस भेरियन्ट मात्र भारु १४ लाख ४९ हजारका किन्न सक्नेछन्। जबकि नेक्सन ईभीको लङ रेन्ज भेरियन्ट भारु १६ लाख ९९ हजार (एक्स–शोरूम) को प्रारम्भिक मूल्यमा बिक्रीका लागि उपलब्ध छ।

Esewa
Crest

टाटा मोटर्सले भारतको सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार टियागो ईभीको बेस मोडलको मूल्य भारु ७० हजारले घटाएको जनाएको छ। अहिले यो कारको प्रारम्भिक मूल्य भारु ७ लाख ९९ हजार (एक्स शोरुम) मात्र भएको छ।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीले विद्युतीय कारको दायरा घटाउनुको पछाडि कम्पनीको उद्देश्य भारतमा विद्युतीय मोबिलिटीलाई प्रवर्द्धधन गर्नु रहेको जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

75%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS