IME Life New

टाटाले टेस्ला कारका लागि सेमीकन्डक्टर चिप्स बनाउने, यही महिना हुन सक्छ भारतमा कार उत्पादनको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब टाटा इलेक्ट्रोनिक्सले टेस्लाका सबै कारका लागि सेमीकन्डक्टर चिप्स बनाउनेछ। अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले यसका लागि टाटासँग रणनीतिक सम्झौता गरेको हो। इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार यस सम्झौताअन्तर्गत टाटा इलेक्ट्रोनिक्सले टेस्लाको विश्वव्यापी आपूर्तिका लागि चिप्स उत्पादन गर्नेछ।

टेस्लाका मालिक एलन मस्क भारत आउन लागेका बेला यस्तो सम्झौता भएको हो। मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने छन्।
समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै मस्क अप्रिल २२ देखि २७ सम्म भारत आउन सक्ने जनाएको छ। यस अवधिमा टेस्ला मालिक मस्कले भारतमा कार निर्माण प्लान्ट स्थापना गर्ने घोषणा गर्न सक्छन्। मस्कले एक्स पोस्टमा लेखेका छन्, ‘ प्रधानमन्त्री मोदीलाई भेट्न आतुर छु।’

Esewa
Crest

यो मस्कको पहिलो भारत भ्रमण हुनेछ। यसअघि मस्कले प्रधानमन्त्री मोदीसँग दुईपटक भेट गरिसकेका छन्।

एक महिनाअघि भारत सरकारले विद्युतीय सवारीको नीति परिवर्तन गरेको थियो। नयाँ नीतिअनुसार कतिपय मोडलको आयातमा लाग्ने आयात शुल्क शतप्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ। यसका लागि लगानीकर्ताले कम्तीमा ५ करोड डलर लगानी गर्नुपर्नेछ। सरकारको यो नयाँ नीतिसँगै लामो समयदेखि भारत प्रवेश गर्ने बाटो खोजिरहेको एलन मस्कको ईभी कम्पनी टेस्लाका लागि भारत प्रवेश सहज भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS