IME Life New

टाटाको नेक्सन इभी खरिद गर्दा एनएमबि बैंकबाट ८०% फाइनान्स सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग र एनएमबि बैंक लिमिटेड बीच सो बारे सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबिका  व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रम बीच हस्ताक्षर गरे ।

Esewa
Crest

अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपाल भरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंक लिमिटेडको नेपालरका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS